विराट मेडिकलमा दमखोकी दिवसको अवसरमा जनचेतनामुलक कार्यक्रम

<span class='c1'>विराट मेडिकलमा दमखोकी दिवसको</span> <span class='c2'>अवसरमा जनचेतनामुलक कार्यक्रम</span>

विराटनगर । मोरङको बुढीगंगा २ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलले विश्व दमखोकी दिवसको अवसरमा जनचेतनामुलक कार्यक्रमको आयोजना गरेर मनाएको छ।

बुधबार हस्पिटलको इन्टरनल मेडिसिन विभागले जनचेतनामुलक कार्यक्रमको आयोजना गरेर मनाएको हो।

छात्ती रोग विशेषज्ञ डा. पुरु कोइरालाले नेपालमा दम रोगको बढ्दो संख्याप्रति चिन्ता व्यक्त गरे। उनले सूर्तिजन्य पदार्थ सेवन नगर्नेहरूमा समेत दम रोग देखा पर्न थालेको जानकारी दिए। विराट मेडिकलको २०८१ सालको सर्वेक्षणले विराटनगरमा ट्राफिक प्रहरी र सिटीसफारी चालकहरू दमखोकीको उच्च जोखिममा रहेको पाइएको छ। वायु प्रदूषणका कारण सार्वजनिक स्थलमा दिनभरि काम गर्नेहरूमा रोगको जोखिम बढेको छ।

लामो समयसम्म खोकी लाग्ने श्वास फेर्न गाह्रो हुनु दमखोकी रोगको लक्षणहरु हुन्। धुम्रपान,धुलो धुवाका कारण उक्त रोग लाग्ने डाक्टर कोइराला बताउछन। रोकथामका लागि एन-९५ मास्क प्रयोग र धुम्रपान निषेधमा जोड दिइएको छ।

कार्यक्रमको प्रशिक्षण डा. कोइरालाले सञ्चालन गरेका थिए। उक्त कार्यक्रममा बिरामी,विद्यार्थी,डाक्टर र नर्सको उपस्थिती रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्