इन्दु साह
विराटनगर। मोरङ जिल्ला ट्राफिक प्रहरीले एक हात मात्र भएका दुई सिटी सफारी चालकलाई नियन्त्रणमा लिएपछि उनीहरूको जीविकोपार्जनको एकमात्र बाटो बन्द हुने जस्तो देखिएको छ ।
“मेरो एउटा हात छैन, तर मसँग परिवार पाल्ने जिम्मेवारी” ५८ वर्षीय चन्देश्वर मण्डलले आफ्नो व्यथा सुनाए। विगत ८ वर्षदेखि देब्रे हातले मात्र सफारी चलाउँदै आएका मण्डलको सफारी मंगलवार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । त्यस्तै ५५ वर्षीय अशोक कुमार राजवंशीले पनि एक हातले ७ वर्षदेखि चलाउँदै आएको सफारी प्रहरीले नियन्त्रणमा लिएको थियो ।
दुवै चालकको कथा एउटै छ । दुर्घटनामा एक हात गुमाएपछि जीवन धान्न सिटी सफारी चलाउन थालेका थिए। उनीहरूले आफ्ना सवारीलाई विशेष किसिमले परिमार्जन गरी एक हातले चलाउन सक्ने बनाएका थिए। तर, कानुन अनुसार यसरी चलाउन नपाउने भएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
यात्रुवाहक सवारी साधन चलाउन दुवै हात र खुट्टा सकुशल हुनुपर्छ । मोरङका ट्राफिक प्रमुख राजन लम्सालले भने एक हातले सवारी चलाउँदा अन्य सवारी र यात्रुलाई जोखिम हुनसक्छ। तर यी चालकहरूको ट्र्याक रेकर्ड हेर्दा अहिलेसम्म कुनै दुर्घटना भएको छैन।
तर, यो काम जोखिमपूणर् हुनसक्छ चालक राजवंशीले भावुक हुँदै भने–हाम्रो परिवारको पेट पाल्ने अर्को विकल्प छैन। अपाङ्गता भएपछि कसले काम दिन्छ? के काम गर्न सकिन्छ र ! एकातिर सार्वजनिक सुरक्षाको सवाल छ । भने अर्कोतिर दुई परिवारको जीविकोपार्जनको प्रश्न उनीहरुका लागि छ ।
ट्राफिक प्रमुख लम्सालले भने कानुन कार्यान्वयन गर्ने निकायले त्यस विपरित त्यसै छोड्न नमिल्ने बताउँछन् । उनले सवारी साधनलाई मोडिफाइ गरेर चलाउन सहज बनाउन पनि पाइदैन । स्वरुप परिवर्तन गर्ने कुरा पनि कानुन विपरित हुने बताउँछन् ।