एम्टेक कम्पनीले बजारमा पठाएको औषधीमा कालो लेदो, सेवनकर्ता झन् बिरामी

<span class='c1'>एम्टेक कम्पनीले बजारमा पठाएको औषधीमा</span> <span class='c2'>कालो लेदो, सेवनकर्ता झन् बिरामी</span>

प्रेम देवान
विराटनगर । मोरङको कटहरी ४ मा रहेको एम्टेक मेडि कम्पनीबाट उत्पादन गरी बजारमा पठाएको औषधीमा ढुसीसहितको कालो लेदो पदार्थ भेटिएको छ ।

ढुसीसहितको औषधी सेवन गरेका कारण एकजना बालक बिरामी समेत परेका छन् ।

विराटनगर १ भट्टा चौक घर भएकी रेखा भगतले आफ्नो १५ महिनाको नानीलाई रुघा खोकी लागेपछि झोल पदार्थ औषधी खुवाएकी थिईन् । तर, उनले औषधी खुवाएको केही समयमा नै छोरालाई झन विरामी भई बान्ता हुन थाल्यो । भगतले विराटनगर हस्पिटल चौकमा रहेको कलश फार्मेसीबाट एजीटेक १०० नामक झोल औषधी खरिद गरेकी थिईन् । बालकलाई केहीदिनदेखी रुघाखोकी लागेको थियो । तर उनले घरमा लगेको औषधीले छोरालाई झन गाह्रो बनाएपछि अत्तालिएकी थिईन् । रातभरी छोरालाई असजिलो भएपछि बिहान क्लिनिकमा पुगेकी थिइन् । त्यस क्रममा औषधी हेर्दा कालो लेदो देखिएको थियो ।

डाक्टरले खराब औषधी खुवाएका कारण नानी विरामी परेको बताएका थिए । छोरालाई औषधी खुवाए कै कारण धेरै पटक वान्ता भएको उनले सुनाईन् । उता आफुहरुलाई औषधी प्रयोग गरेका कारण छोरालाई समस्या भएपछि आवर विराटनगरलाई समेत जानकारी गराएकी थिईन् । हामीलाई खबर गरेसंगै हामी उनले औषधी किनेको स्थानमा पुग्यौ । हामीले पनि उत्त औषधी हेर्दा औषधीको बिर्कोमा ढुसी परेर कालो कालो लेदो पदार्थ भेटिएको थियो । यो विषयमा हामीले औषधी बेचेको कलश मेडिकल पसलमा पुगेर यो संचालकसँगै पनि यो विषयामा जानकारी लिने प्रयास गर्यौ । यता संचालकले भने आफुहरुले कम्पनीबाट जस्तो ल्याएको त्यस्तै बेचेको बताए । उत्पादन मिति र समाप्त मिति हेर्ने हो यो विषयमा कम्पनीले जवाफ दिनुपर्ने मेडिकल पसलले जवाफ दिए ।

यस विषयमा एमटेक मेडि कम्पनीका संचालक मुकेश अग्रवालसँग जानकारी लिदाँ कसरी भयो भन्ने यकिन भईनरहेको बताए । कटहरी ४ मा रहेको उद्योगको कार्यलय विराटनगर ७ स्थित हस्पिटल चौकमा छ ।

सञ्चालक अग्रावालले आफुहरुलाई यसले अन्यौलता बढाएको बताए । कालो ढुसी र लेदो भेटिएको औषधी मितिमा उत्पादन भएका अन्य औषधी चेक गर्दा कुनैमा पनि त्यस्तो पदार्थ नभेटिएको अग्रवालले जवाफ दिए । औषधीहरु सबै मेसनरी सामानले प्याकेजिङ्ग हुने भएकाले कम्पनीबाट त्यस्तो कुनै खराबी नभएको अग्रवालले स्पष्ट पारे । यदि त्रुटिबस केही कमजोरी भए त्यसलाई आगामी दिनमा सुधार गर्दै लागे उनले प्रतिवद्धता जाहेर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्