विराटनगरमा ट्राफिक लाइट : सचेतनाका ८६ कार्यक्रम, अझै पनि अन्यौल

<span class='c1'>विराटनगरमा ट्राफिक लाइट : सचेतनाका</span> <span class='c2'>८६ कार्यक्रम, अझै पनि अन्यौल</span>

इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिकामा यातायात व्यवस्थापनमा ट्राफिक लाइट जडान भएका छन् । त्यसले सवारी आवागमन व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलिरहेको छ । यद्यपी सडक संरचना र सडक पार्किङको चुनौती भने उतिकै झेल्नु परेको छ ।

विराटनगरका प्रमुख चोकहरूमा स्थापित ट्राफिक लाइटले सवारी आवागमनलाई व्यवस्थित बनाई रहेको छ । मोरङ जिल्ला ट्राफिक प्रमुख राजन लम्सालका अनुसार दैनिक रूपमा हजारौं सवारी साधनको आवागमन सहज र सुरक्षित बनाउन मद्दत पुगिरहेको छ । यस प्रणालीले दुर्घटना न्यूनीकरणमा भूमिका निर्वाह गरेको उनको बुझाई छ । ट्राफिक लाइट सुचारु भईसकेपछि चालकहरुमा यसको पालना कसरी गर्ने भन्ने ज्ञनको अभाव देखिएको हो । जसले गर्दा ट्राफिक व्यवस्थापनमा केही जटिलताहरू पनि देखा परेका छन् ।

जनचेतना अभिवृद्धि आवश्यक रहेको भनि यहाँका चालक लगायत नागरिकले भनि रहेका थिए । ट्राफिक प्रमुख लम्सालले दैनिक जसो यस विषयमा चालकहरुलाई जानकारी गराउदै आएको बताउँछन् । प्रमुख लम्सालका अनुसार ट्राफिक लाइट जडान गरेको दिनदेखि आजसम्म ८६ वटा ट्राफिक लाईटको पालना सम्बन्धि जनचेतानामुलक कार्यक्रम गरिएको बताएका छन् ।

विषेश गरी सिटि सफारीवालाहरुलाई अझ दैनिक जसो यस सम्बन्धित जानकारी गराउने कार्य गरीरहेका छन् । विराटनगरका विभिन्न मुख्य चौकमा गरी जम्मा ६ स्थानमा लाईट जडान गरीएको छ । पहिले भन्दा त अहिले सवारीको चाप व्यवस्थापनमा सहज भएको लम्सालको भनाई छ । तर अझै पनि चालकहरुले ट्राफिक लाइटको पालना गरेको पाईदैन । साथै कुन लेनमा सवारी रोक्ने, कुन लेनबाट कुन दिशातर्फ जाने भन्नेमा चालकहरु अलमलिन्छन् । ट्राफिक लाईट जडान नहुँदा भट्टि मोडमा भने दैनिक सवारी जामको समस्य हुने गरेको थियो तर अहिले लाईट जडान भएसंगै सवारीको चाप कम हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्