यु-१९ महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक रिजाललाई विकेभिएम स्कुलको सम्मान

<span class='c1'>यु-१९ महिला क्रिकेट टोलीका मुख्य</span> <span class='c2'>प्रशिक्षक रिजाललाई विकेभिएम स्कुलको सम्मान</span>

विराटनगर । विराटनगरमा रहेको विकेभिएम स्कुलले यु-१९ महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक महेश प्रसाद रिजाललाई सम्मान गरेको छ।

शुक्रबार स्कुलमा आयोजित कार्यक्रममा स्कुलले रिजाललाई खादा, माला र मायाको चिनो प्रदान गरेको हो।

विकेभिएम स्कुलमा वि.सं. २०६० सालदेखि प्रशिक्षकको भूमिका निभाउँदै आएका रिजाललाई नेपाल क्रिकेट संघ (क्यान)ले २०८१ भदौ ११ गते यु-१९ महिला टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो।

उनको नेतृत्वमा महिला टि-२० विश्वकपको एसिया छनोटमा नेपालले ६ खेलमा ५ जित हासिल गर्दै विश्वकपको यात्रा तय गरेको छ। नेपालले यूएईलाई नेट रनरेटमा पछि पार्दै विश्वकपमा स्थान सुरक्षित गरेको हो।

नेपालले आगामी जनवरीमा मलेसियामा हुने आईसिसी यू–१९ महिला टी–२० विश्वकपमा खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्