अपाङ्गता भएका व्यक्तिहरुलाई जोगबनीबाट व्यापारिक प्रयोजनका सामान ल्याउन रोक

<span class='c1'>अपाङ्गता भएका व्यक्तिहरुलाई जोगबनीबाट व्यापारिक</span> <span class='c2'>प्रयोजनका सामान ल्याउन रोक</span>

इन्दु साह
विराटनगर । सीमापार भारतीय बजार जोगबनीमा गएर व्यापारिक प्रयोजनका सामान ल्याउँदै आएका अपाङगता भएका व्यक्तिलाई रोक लगाइएको छ । स्थानीय प्रशासनले उनीहरुको प्रयोग गरेर विराटनगरका व्यापारीले सामान भित्र्याउने गरेको पाएपछि त्यसलाई रोक लगाएको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङमा सामान ल्याउन पाउनु पर्ने माग गर्दै शुक्रबार प्रमुख जिल्ला अधिकारीलाई भेट्नु पुगेका उनीहरुलाई आफ्नो घरमा आवश्यक पर्ने बाहेकका सामान ल्याउन नपाउने निर्णय सुनाइएको छ । यो निर्णयले उनीहरुको रोजीरोटी खोसिएको गुनासो गरेका छन् । तर, उनीहरुको अवस्थालाई भावनासँग जोडेर अवैध सामान भित्र्याउने व्यापारीमाथि भने स्थानीय प्रशासनले अंकुश लगाएको छ ।

अपाङगता भएका सोनु दासका अनुसार स्थानीय प्रशासनले सुनाएको निर्णयले रोजीरोटी खोसिएको गुनासो गरे । उनका अनुसार प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई बिहीबारदेखि भेट्न खोज्दा शुक्रबार मात्रै प्रत्यक्ष कुराकानी गर्ने अवसर मिलेको थियो । त्यस क्रममा अपाङगता भएका व्यक्तिहरुले आफ्नै घरका लागि बाहेकका सामान ल्याउन नपाउने निर्णय प्रमुख जिल्ला अधिकारी भट्टराईले सुनाएका थिए । विराटनगरमा नेपाल र भारतका गरेर दैनिक एक सयजना अपाङ्गता भएका व्यक्तिहरुले जोगबनीबाट आफ्नो ट्राइसाइकल र विह्लचेयरमा सामान भित्र्याउँदै आएका छन् । उनीहरुलाई हिँडडुलका लागि सहज बनाउन विभिन्न दाताहरुले दिएको सामाग्री व्यापारीकै योजना अनुसार मोडिफाइ गरेर सामान राख्ने ठाउँ बनाउने गरिएको छ । त्यसरी सामान राख्ने ठाउँ बनाएपछि जोगबनी गएर उनीहरुले त्यसमा सामान लिएर विराटनगरका विभिन्न पसलहरुमा पु¥याउने गरेका छन् ।

अपाङ्गता भएका व्यक्तिहरुलाई दैनिक हिँडडुलका लागि दिएको सामाग्री नै मोडिफाइ गरेर सामान भित्र्याउन प्रयोग गर्ने गरेको थाहा पाएपछि स्थानीय प्रशासनले यसमा कडाई गर्न थालेको हो । दुई दिन अगाडी मात्रै जिल्ला ट्राफिक प्रहरीले सिटी सफारी नै मोडिफाइ गरेर सामान भित्र्याउँदै आएका दुईजनाको साधन नै नियन्त्रणमा लिएको थियो । त्यसपछि स्थानीय प्रशासनले जोखिमपूर्ण कार्यमा लगाईरहेको र जोखिमपूर्ण काम गरिरहेको भन्दै अवैध आयातमा अंकुश लगाएको हो ।

जोगबनीबाट दैनिक आवश्यक वस्तुहरु ल्याउने गरेर पसलहरुमा पु¥याए वापत उनीहरुले पैसा लिने गर्दछन् । उनीहरुले अवैध कार्य गरेर भएपनि दैनिक गुजारा चलाउने रकम जोहो गर्ने गरेका छन् । यसलाई उनीहरुले रोजीरोटीसँग जोड्ने गरेका छन् । तर, यसमा विराटनगर र जोगबनीका व्यापारीको सेटिङ हुने गरेको छ । विराटनगरका व्यापारीले उनीहरुलाई प्रयोग गरेर ल्याउने सामान जोगबनीमा व्यवस्थित प्याकिङ्ग गरेर लोड गरिदिन्छन् ।

त्यो सामान पसलसम्म ल्याएर उनीहरुले छोड्ने गरेका छन् । त्यस वापत व्यापारीले उनीहरुलाई पैसा दिन्छन् । व्यापारीले उनीहरुको अवस्थालाई हेरेर सीमा क्षेत्रमा सुरक्षा संयन्त्रले चेकिङ्ग गर्दैनन् भन्ने मनोविज्ञानसहित प्रयोग गर्दै आएको एकजना सुरक्षा अधिकारीको भनाई छ । अझै कतिपय सिटी सफारीहरुले उनीहरुलाई नै प्रयोग गरेर सामान भित्र्याउँछन् । जोगबनी गएर सामान किन्नेहरुलाई सिटीमा बसाएपछि उनीहरुको सामान ट्राइसाइकल र विह्लचेयरमा विराटनगरसम्म ल्याउने गरिएको छ । यसरी ल्याउँदा सिटी नै उनीहरुलाई सँगसँगै लिएर आउने गरेका छन् ।

तर, यसरी सामान ल्याउन अपाङगता भएका व्यक्तिहरुलाई मात्रै रोक लगाइएको उनीहरुको गुनासो छ । साइकलमा तथा व्यक्ति आफैंले टाउकोमा हालेर ल्याउनेलाई अहिले नरोकिएको उनीहरु बताउँछन् । उनीहरुका अनुसार आफ्नो ट्राइसाइकल र ह्विलचेयरमा ल्याएजति सामान साइकलमा समेत आउने गरेको छ । त्यति मात्रै नभई सीमा क्षेत्रमा अवैध धन्दा चलाउनेहरुसँग भने सेटिङ मिलाएर सामान ल्याउने काम हुने गरेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्