बालेनले जरिवाना तोकेपछि एमाले महासचिवले भने : मेयरको प्राथमिकता सरसफाइ नभएर स्टण्टबाजी हो

<span class='c1'>बालेनले जरिवाना तोकेपछि एमाले महासचिवले भने :</span> <span class='c2'>मेयरको प्राथमिकता सरसफाइ नभएर स्टण्टबाजी हो</span>

काठमाडौं । काठमाडौं महानगरपालिकाले दरबारमार्गमा आयोजित नेकपा (एमाले)को जागरण सभाका क्रममा भएको फोहोरका लागि एक लाख जरिवाना लगाएपछि एमाले महासचिव शंकर पोखरेलले मेयर बालेन शाहमाथि गम्भीर आरोप लगाएका छन् ।

शुक्रबारको सभामा जरिवानाको पर्चा जारी गरिएको विषयमा महासचिव पोखरेलले मेयर बालेनलाई एमालेविरोधी गतिविधिमा सक्रिय भएको दाबी गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै भनेका छन्, ‘कार्यक्रम समापन भएपछि आयोजककै तर्फबाट फोहोर संकलन गरिंदै थियो । महानगरलाई फोहोर उठाउनका लागि सहयोग गर्न अनुरोध गरिएको थियो । तर, अनुरोध अस्वीकार गर्दै जरिवानाको प्रचार गरियो । कार्यक्रमस्थल सफा भइरहेको अवस्थामा पनि जरिवानाको पर्चा पठाइनुले मेयर बालेनको प्राथमिकता सरसफाइ नभएर प्रचारबाजीमा रहेको देखिन्छ,’ उनले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्