विराटनगर जेसिजको अध्यक्षमा प्रीतेशराज दाहाल निर्वाचित

<span class='c1'>विराटनगर जेसिजको अध्यक्षमा</span> <span class='c2'>प्रीतेशराज दाहाल निर्वाचित</span>

विराटनगर । विराटनगर जेसिजको अध्यक्षमा प्रीतेशराज दाहाल निर्वाचित भएका छन् ।

आन्तरिक निर्वाचन प्रक्रियाबाट दाहाल विराटनगर जेसिजको ५२ औ अध्यक्षमा निर्वाचित भएका हुन् ।

समितिको वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा कविराज दाहाल, तालिम निर्देशकमा सुभाष भण्डारी, कार्यकारिणी उपाध्यक्षद्वयमा शिवशंकर मण्डल र अभिषेक भट्टराई छन् । चार उपाध्यक्षमा अनुज दाहाल, मनोज तिवारी, शिवराज पोखरेल र रिजन सिग्देल र जनसम्पर्क अधिकारीमा अभिषेक गौतम छन् । दाहाल विराटनगरस्थित दिब्य कृष्टल प्रि–प्रेसका सञ्चालक हुन् ।

जेसिजमा बीस वर्षको अनुभव सङ्गालिसेका दाहालले आफ्नो एकवर्से अध्यक्षको कार्यकालमा नेतृत्व र व्यक्तित्व विकासका लागि वर्षभरी नै गतिविधि सञ्चालन, युवालाई उद्यमसँग जोड्ने कार्यक्रमहरु गरिने, स्थानीय तह र औद्योगिक घरानासँग मिलेर सीपमुलक तालिमहरु सञ्चालन गर्ने उद्घोष गरेका छन् ।

निर्वाचन आयुक्त अभिनास थापाको संयोजकत्वमा भएको अधिवेशनले नयाँ नेतृत्वका लागि निर्वाचन गराएको थियो ।

त्यस्तै विराटनगर जेसिजका बर्तमान अध्यक्ष तुलसी निरौलाले चाडै नै पदस्थापना कार्यक्रम सञ्चालन गरी पद हस्तान्तरण गरिने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्