भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी आज स्वदेश फर्कदै

<span class='c1'>भारतका स्थल सेनाध्यक्ष उपेन्द्र</span> <span class='c2'>द्विवेदी आज स्वदेश फर्कदै</span>

काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी आज स्वदेश फर्किँदै छन्।

गत बुधबार पाँच दिने औपचारिक भ्रमणमा नेपाल आएका द्विवेदी आज स्वदेश फर्किन लागेका हुन्।

बुधबार काठमाडौं आएका द्विवेदीले सोही दिन पशुपतिनाथको दर्शन गरेका थिए। बिहीबार नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्राप्त गरेका द्विवेदीले सोही दिन प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका थिए भने बिहीबार नै उनले हनुमान ढोका दरबार क्षेत्रको अवलोकनसमेत गरेका थिए।

शुक्रबार उनले प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री मानवीर राईसँग औपचारिक भेटवार्ता गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्