मोरङमा प्रहरीको फेरियो शैलि : सीमामा साटकसुटुक, बजारका गोदाममा छापा

<span class='c1'>मोरङमा प्रहरीको फेरियो शैलि :</span> <span class='c2'>सीमामा साटकसुटुक, बजारका गोदाममा छापा</span>

विराटनगर । मोरङमा सीमावाट हुने अवैध कारोबार र त्यसमा सुरक्षा संयन्त्रको सेटिङले विवाद सिर्जना गरेपछि प्रहरीमा शैलि फेरिएको छ । पछिल्लो समय सीमा क्षेत्रमा तल्लो तहका प्रहरीको साटकसुटुक े मिलेमतो चलेपनि माथिल्ला अधिकारीहरुले ‘सामसुम’ पारिएको दावी गर्ने गरेका छन् । सीमामा साटकसुटक लाइन चलिरहेकै कारण विराटनगर बजारमा भारतीय सामाग्रीको बर्चश्व कायमै छ । प्रहरीले भने तस्करी गरेर सामान भित्र्याउनेहरुको गोदाममा छापा हान्न थालेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले अहिले सादा पोशाकमा सीमा हेर्ने प्रहरीको जिम्मेवारीमा फेरबदल समेत गरेको छ । प्रहरी उपरीक्षक नवराज कार्की आएको बखतको टिममा देखिएको विवाद उत्कर्षमा पुगेको थियो । त्यति मात्रै नभई कार्कीले खटाएका सादा पोशाकको टिमसँग राष्ट्रिय अनुसन्धानको टोलिको समेत जुधाजुध भएको थियो । जसको परिणाम सीमामा हुने तस्करीबाट असुल गर्ने दौडादौड नै चलेको थियो । एसपी कार्की अवैध लेनदेन विवादमा फसेपछि सरुवा भएपछि नयाँ एसपी नारायण चिमरिया मोरङमा सरुवा भएर आएपछि पनि सीमा क्षेत्रमा सामसुम रहेको हल्ला चलाइएको छ ।

तर, सीमाबाट मालवस्तु भित्र्याउने समूह भने अहिले पनि तलाका प्रहरीसँगको सेटिङमा काम गरिरहेको बजारमा भारतीय सामानको बर्चश्व पुष्टि गर्दछ । सीमा क्षेत्रबाट लामो समयदेखि अवैध रुपमा मालवस्तु भित्र्याउँदै आएका एक कारोबारीका अनुसार प्रहरीले खुल्लमखुल्ला गर्न नदिएपनि लामो र अन्धकार रातको सदुपयोग गर्न दिईरहेको छ । त्यसका लागि इलाकास्तरका प्रहरी कार्यालयमा रहेका सादा पोशाक प्रहरीसँग कनेक्सन रहेको छ । सशस्त्रमा समेत त्यो कनेक्सन जोडिएको छ । मोरङ प्रहरीमा समेत पहिले रंगेलीमा रहेर काम गर्दै आएका प्रहरीलाई जिल्लाको सादा पोशाकमा जिम्मेवारी दिएर ल्याइएको ती कारोबारीले बताए ।

सीमामा कडाई गरिरहेको प्रहरीले बजारमा तस्करीका सामान भण्डारण गरेका स्थानहरुमा भने छापा हान्न थालेको छ । प्रहरीले जाडोयाम लागेपछि प्रायः वर्षेनी नै कपडाका गोदामहरुमा छापा हान्ने गर्दछ । आइतबार समेत विराटनगर–२ स्थित भाडाको घरमा तस्करीका कपडा भण्डारण गरेको सूचनाका आधारमा प्रहरीले छापा हानेर दशलाख मूल्य बराबरको सामान बरामद गरेको छ । विराटनगर १५ का आनन्द कुमार साहले बद्री ढकालको घरमा तस्करीका कपडा गोदाम गरेको सूचनाका आधारमा प्रहरीले छापा हानेको थियो ।

ढकालको घर कोठा खानतलाशी गर्दा पहिलो तलाको कोठामा लुकाईछिपाई राखेको अवस्थामा उनिको कुर्था सुरुवाल ५३० सेट, उनि कुर्था १८२ थान, नाइट गाउन कुर्था सुरुवाल १३५ थान, भेल्वेट कुर्था सुरुवाल ५२ थान र थान कपडा २ रोल समेतको बरामद भएको प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिएका छन् ।

यसैगरी विराटनगर महानगरपालिका १५ स्थित रानी–रोडशेष सडक खण्डको नेपाल टेलिकम अगाडीबाट समेत नेपालतर्फ ल्याउँदै गरेको पन्ध्र हजार मूल्य बराबरको सामान नियन्त्रणमा लिइएको छ । बील बिजक भन्दा बढी सामान कम मूल्याकंनमा ल्याइएको आशंकामा प्रहरीले लेड लाइट १० थान, बेड सिट २० थान, टेन्टको पर्दा २ थान नियन्त्रणमा लिएर आन्तरिक राजश्व कार्यालय ईटहरी, सुनसरी पठाईएको जानकारी दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्