विराटनगरले १२ करोडसहित मोरङका पाँच स्थानीय तहले बुझाएनन् २० करोड विद्युत महशुल

<span class='c1'>विराटनगरले १२ करोडसहित मोरङका पाँच स्थानीय</span> <span class='c2'>तहले बुझाएनन् २० करोड विद्युत महशुल</span>

देवराज तामाङ
विराटनगर । मोरङका पाँच स्थानीय तहले नेपाल विद्युत प्राधिकरणलाई बुझाउनु पर्ने बक्यौता २० करोड नजिक पुगेको छ ।

स्थानीय तहले सार्वजानिक सडकमा प्रयोग गरेको बत्तिको महशुल प्राधिकरण नबुझाउँदा वर्षेनी बक्यौता बढ्दो क्रममा देखिएको हो ।

नेपाल बिद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रको सेवा क्षेत्र भित्रका पाँच स्थानीय तहले मात्रै १९ करोड ७६ लाख ८३ हजार ७७ रुपिँया बुझाउन बाँकी रहेको छ । जसमा विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका, ग्रामथान गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिका रहेका छन् ।
चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म विराटनगर महानगरपालिकाको १२ करोड ८६ लाख २७ हजार ९६ रुपिँया बक्यौता पुगेको छ । त्यसैगरी बुढीगंगा गाउँपालिकाको ९१ लाख ३५ हजार ५४० रुपिँया, ग्रामथान गाउँपालिकाको १ करोड ६५ लाख ८४ हजार २३९ रपिँया, कटहरी गाउँपालिका १ करोड ६४ लाख २६ हजार ७१० रुपिँया, र जहदा गाउँपालिका २ करोड ६९ लाख ९ हजार ४९१ रुपिँया रहेको छ । यसमा जरिवाना शुल्क नजोडिएको वितरण केन्द्र प्रमुख सरोजकुमार शरणले जानकारी दिनुभयो ।

प्राधिकरण विराटनगर वितरण केन्द्रको सेवा क्षेत्र भित्र ८७ हजार ग्राहक रहेका छन् । स्थानीय तहले सडक सौन्दर्यकरणको नाममा जताततै सडक बत्ति जडान गरेपनि बक्यौता बुझाउने गरेका छैनन् । विद्युत बक्यौता बुझाउन प्राधिकरणले तागेता मात्रै नभई लाइन काट्दा समेत आफैं जोड्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्