विराटनगरको लिलिपुट स्कुलमा दुई दिने “कारखाना विज्ञान प्रदर्शनी” सम्पन्न

<span class='c1'>विराटनगरको लिलिपुट स्कुलमा दुई दिने</span> <span class='c2'>“कारखाना विज्ञान प्रदर्शनी” सम्पन्न</span>

विराटनगर । विराटनगरमा रहेको लिलिपुट स्कुलमा दुई दिने "कारखाना विज्ञान प्रदर्शनी" सम्पन्न भएको छ ।

कक्षा १-९ का विद्यार्थीहरूले निर्माण गरेका विभिन्न वैज्ञानिक र प्रविधिका रचनात्मक सामग्रीहरूको प्रदर्शनीमा ५०० भन्दा बढी अभिभावकहरूले रुचि देखाएका थिए। विद्यार्थीहरूले प्रदर्शनीलाई खेलसँग जोडी पुरस्कार समेत राखेका कारण हरेक स्टलमा सहभागीहरूको आकर्षण देख्न सकिन्थ्यो ।

म्याग्नेटिक मेज एडभेन्चर, पार्टी पोपर, क्याटापुल्ट, सन्लाइट एण्ड स्याडो, एलईडी ग्रिटिङ कार्ड, स्पिनकप्टर, विन्ड डाइरेक्सन डिटेक्टर जस्ता प्रयोगात्मक प्रदर्शनीहरूले अभिभावकहरूको ध्यान आकर्षित गरेका थिए।

विद्यार्थीहरूको सिकाइ उजागर गर्ने र अभिभावकसँग साक्षात्कार मार्फत आत्मविश्वास अभिवृद्धि हुने विश्वास स्कुलका प्रिन्सिपल चिरञ्जीवी तिम्सिनाले व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्