रवि लामिछानेलाई बयानका लागि आज काठमाडौं ल्याइँदै

<span class='c1'>रवि लामिछानेलाई बयानका लागि</span> <span class='c2'>आज काठमाडौं ल्याइँदै</span>

काठमाडौं । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि आज काठमाडौं ल्याइँदै छ ।

सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका उनलाई मंलबार बिहान साढे ८ बजे बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याउन लागिएको हो ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत हिनामिना प्रकरणमा अनुसन्धानका लागि उनको बयान लिइने छ। कास्की जिल्ला अदालतले गत आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई काठमाडौं ल्याउन लागिएको हो ।उनको बयान लिएर फेरि फेरि पोखरामै फर्काइने छ।

गत कात्तिक २ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०को टोलीले लामिछानेलाई काठमाडौंको वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेको थियो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्