कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुखद्वारा मोरङ ट्राफिक कार्यालयको निरीक्षण

<span class='c1'>कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुखद्वारा</span> <span class='c2'>मोरङ ट्राफिक कार्यालयको निरीक्षण</span>

विराटनगर । कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी विनोद घिमिरेले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको निरीक्षण गरेका छन् ।

आज(मंगलबार) निरीक्षणका क्रममा एसपी घिमिरेले कार्यालयको समग्र अवस्था र काम कारबाहीको जानकारी लिँदै ट्राफिक प्रहरीलाई लोभलालच, दबाब र प्रभावमा नपरी कानुनसम्मत काम गर्न निर्देशन दिए । उनले विशेषगरी ट्राफिक नियम उल्लंघन रोक्न र दुर्घटना न्यूनीकरणमा केन्द्रित हुन जोड दिए ।

'ट्राफिक प्रहरीले आफ्नो जिम्मेवारी अनुसार काम गर्नुपर्छ । नियम उल्लंघन गर्ने सवारीलाई कारबाहीको दायरामा ल्याउनुका साथै सचेतनामूलक कार्यक्रमहरुलाई व्यापक बनाउनुपर्छ,' घिमिरेले भने । उनले थपे, 'ट्राफिक प्रहरीले जहिल्यै पनि आफू जनताको सेवक हुँ भन्ने बुझ्नुपर्छ । आचरण विपरीतका काम गर्न हुँदैन ।'

एसपी घिमिरेले आचरणविपरीत काम गर्ने ट्राफिक प्रहरीलाई तत्काल कारबाहीको दायरामा ल्याइने चेतावनी समेत दिए । उक्त अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राजन लम्सालले जिल्ला ट्राफिकको काम कारबाही र भावी योजना बारे जानकारी गराउँदै नियम उल्लंघन रोक्न र दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सक्रियता बढाइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्