विराटनगर किङ्सले एनपीएलको उपाधि जिते ३० लाख पुरस्कार दिने मुख्यमन्त्रीको घोषणा

<span class='c1'>विराटनगर किङ्सले एनपीएलको उपाधि जिते ३०</span> <span class='c2'>लाख पुरस्कार दिने मुख्यमन्त्रीको घोषणा</span>

विराटनगर । कोशी प्रदेश सरकारले विराटनगर किङ्सले एनपीएलको उपाधि जितेमा ३० लाख दिने घोषणा गरेको छ।

विराटनगरका किङ्सका खेलाडीलाई मंगलबार राति बिदाइ गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजेता बनेमा ३० लाख पुरस्कार दिने घोषणा गरेका हुन् ।

नेपाल क्रिकेट सङ्घ क्यानले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग एनपीएलको लागि कोशी प्रदेशबाट विराटनगर किङ्सले सहभागिता जनाउँदै छ।

मुख्यमन्त्री कार्कीले टोलीलाई जितको शुभकामना दिए। बिदाइ कार्यक्रममा मुख्यमन्त्री कार्कीले खेल क्षेत्रमा निजी क्षेत्रको सहभागिताले थप आकर्षण बढेको बताउँदै क्रिकेटबाट राष्ट्रिय मात्र हैन अन्तर्राष्ट्रिय पहिचान बनाउन सकिने उल्लेख गरे।

‘खेलकुद क्षेत्रमा प्रदेश सरकारको स्रोत साधनले भ्याएसम्म सहयोग गर्न सरकार तयार रहेको छ, मुख्यमन्त्री कार्कीले भने, आगामी दिनमा खेलकुदको विकासकालागि थप योजनाहरू अघि सारिनेछ।’ विराटनगर किङ्सका मुख्य प्रशिक्षक केभिन ओ ब्रायनले नेपाल प्रिमियर लिगमा आक्रामक खेलको प्रस्तुति दिने बताए।

प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदान मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म हुने छ।

विराटनगर किङ्ग्सको टिममा को-को छन् खेलाडी ?

सन्दीप लामिछाने, प्रतिश जिसी, लोकेश बम, बसिर अहमद, जितेन्द्र मुखिया, राजेश पुलामी, दिपक बोहरा, सुवास भण्डारी, नरेन भट्ट, मृनाल गुरुङ, अनिल खरेल रहेका छन्। भने मार्टिन गप्टिल, अकिब इल्यास, निकोलस किर्टोन, क्रिस सोल र इस्मत आलम विदेशी खेलाडी रहेका छन्। त्यसैगरी मुख्य प्रशिक्षकको रुपमा केभिन ओब्रायन रहेका छन्।

यस्तो छ खेल तालिका :

नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार एनपीलएको उद्घाटन खेल विराटनगर किंग्स र जनकपुर बोल्ड्सबीच हुने भएको छ।

उनीहरूबीचको खेल मंसिर १५ गते अपराह्न १२:१५ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ। प्रतियोगिताका नियमित खेल भने मंसिर १७ गतेदेखि हुनेछन्। क्यानका अनुसार बिहान ९:१५ बजे पहिलो खेल र दिउँसो १:१५ बजे दोस्रो खेल हुनेछन्।

मंसिर १६ गते कीर्तिपुर नगरपालिकाको प्रमुखका लागि उपनिर्वाचन हुने भएकाले त्यो दिन खेल नहुने क्यानले जनाएको छ । क्यानले सार्वजनिक गरेको तालिका अनुसार मंसिर १७ गते पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोज भिड्दा दोस्रो खेलमा जनकपुर र कर्णाली याक्स आमने-सामने हुनेछन्। त्यसैगरी मंसिर १८ गते पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स तथा दोस्रो खेलमा चितवन राइनोज् र पोखरा एभेन्सर्ज खेल्ने छन्।

लिग चरणका खेलहरू पुस १ गतेसम्म चल्ने क्यानले जनाएको छ। क्यानका अनुसार लिगको शीर्ष दुईमा स्थान बनाउने टोलीले सिधै क्वालिफायर खेल्नेछन्।तेस्रो र चौथो स्थानका टोलीले एलिमिनेटर खेल्नेछन्। एलिमिनेटर खेल पुस २ गते बिहान ९:१५ बजे हुनेछ। क्वालिफायरको खेल भने दिउँसो १:१५ बजे हुनेछ। दुवै खेल पुस ३ गते हुने क्यानले जनाएको छ। क्यानका अनुसार क्वालिफायर १ मा पराजित भएको टोली र एलिमिनेटरको विजेताले दोस्रो क्वालिफायर खेल्नेछन्। यो खेल पुस ४ गते अपराह्न १२:१५ बजे हुनेछ। फाइनल खेल पुस ६ गते शनिबार अपराह्न १२:१५ बजे हुने क्यानले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्