विश्वभरका इथिकल ह्याकरसँग प्रतिस्पर्धा गर्दै विराटनगरका अनुभवरत्न ढकाल

<span class='c1'>विश्वभरका इथिकल ह्याकरसँग प्रतिस्पर्धा</span> <span class='c2'>गर्दै विराटनगरका अनुभवरत्न ढकाल</span>

विराटनगर । विश्वभरका इथिकल ह्याकरहरूको प्रतिस्पर्धामा विराटनगरका अनुभवरत्न ढकाल छनोट भई सउदी अरेबिया पुगेका छन् ।

विश्वभरका ह्याकरहरुको प्रतिस्पर्धा (क्याचर द फ्लाग, सीटीएफ) मा ढकालसहित नेपालका पाँच जना ह्याकरहरू साउदी अरेबिया पुगेका हुन् ।

विराटनगरका अनुभवरत्न ढकालको नेतृत्वमा गएको टोलीमा दिवस मैनाली, दिपन खनाल, प्रशान्त श्रेष्ठ र रिकेश कटुवाल रहेका छन् । सीटीएफ इथिकल ह्याकरहरूबीच हुने प्रतिस्पर्धा हो । जसका आयोजनाका लागि ब्ल्याक ह्याट एम ईए (मध्यपूर्व र अफ्रिका) नामक संस्थाले साउदी फेडेरेसन फर साइवर सेक्युरिटी एन्ड प्रोग्रामिङ (एसएएफसीएसपी) र फ्ल्याग यार्डसँग सहकार्य गरेका छन् ।

अन्तिम चरणको प्रतिस्पर्धाका लागि विश्वभरबाट एक हजार बढी टोलीका ५ हजार ३ सय बढी ह्याकरहरुले सहभागीता जनाउने छन् । अब २५० टोलीका हजार भन्दा बढी ह्याकरसँग पाँच नेपाली ह्याकरहरूले प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्