विराटनगरमा महिला पाठेघरको मुखको क्यान्सर जोखिम न्युनीकरण अभियान चलाईने

<span class='c1'>विराटनगरमा महिला पाठेघरको मुखको क्यान्सर</span> <span class='c2'>जोखिम न्युनीकरण अभियान चलाईने</span>

इशु पन्त
विराटनगर । महिलामा पाठेघरको मुखको क्यान्सर जोखिम न्यूनीकरण गर्न विराटनगर महानगरपालिकाले परीक्षण अभियान सुरु गर्ने भएको छ। करुणा फाउण्डेसनको सहकार्यमा महानगरले १९ वडामै परीक्षणलाई अभियानकै रुपमा अगाडी बढाउने तयारी गरेको हो ।

अहिले अभियानको पूर्वतयारी अनुरुप जनशक्तिलाई अभिमुखिकरण र तालिम दिईरहेको दावी छ । उक्त कार्यक्रम एक महिना भित्र सञ्चालनमा ल्याउने तयारी पूर्व तयारीका कार्यहरु भईरहेको महानगपालिकाका स्वास्थ्य महाशाखा प्रमुख दिलिप यादवले जानकारी दिएका छन् ।

परीक्षण पश्चात पाठेघरमा समस्या देखिएका महिलाहरुको महानगरअन्तर्गतका बैजनाथपुर र रानी अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको जानकारी दिइएको छ । यादवका अनुसार ३० बर्ष नाघेका र शारिरीक सम्पर्कमा रहेका हरेक महिलालाई पाठेघार मुख क्यान्सरको जोखिम भएको हुँदा कार्यक्रममार्फत त्यसको पहिचान गर्नु महत्वपूर्ण रहेको छ । क्यान्सरको लक्षण देखा परेको महिलालाई बैजनाथपुर र रानी अस्पतालमा उपचार गर्न पठाइन्छ।

यसक्रममा महानगरका १९ वडामा १ सय ३९ जना महिला स्वयंसेविकाहरु परिचालन गरिने बताइएको छ। त्यसैगरि ९० जना स्वास्थ्यकर्मी परिचालन गरिने छ। जसमा ४५ जना स्वास्थ्यकर्मीलाई तालिम दिईसकिएको छ । महानगरपालिकाको लक्ष्य ३० बर्ष नाघेका सबै महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गर्ने रहेको छ । अभियान सञ्चालन गर्न मात्रै झण्डै ६२ लाख रुपैँया लाग्ने अनुमान गरिएको छ । पाठेघरको मुखको क्यान्सर ह्यूमन प्यापिलोमा भाइरसका कारण हुन्छ । महिलाको पाठेघरको मुखमा यो एचपीभी भाइरस छ छैन भनेर परीक्षण गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्