विराटनगर महानगरको टोलिले भेट्यो मन्त्री सिंहलाई, एडीवीका योजना बढाई दिन आग्रह

<span class='c1'>विराटनगर महानगरको टोलिले भेट्यो मन्त्री सिंहलाई,</span> <span class='c2'>एडीवीका योजना बढाई दिन आग्रह</span>

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर र उपमेयरसहित प्रमुख प्रशासकिय अधिकृतको टोलिले उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई भेट गरेको छ । मेयर नागेश कोइरालको नेतृत्वमा पुगेको टोलिले उपप्रधान तथा सहरी विकासमन्त्री सिंहलाई भेटेर एडीवीलगायतका योजना छिटो अगाडि बढाइदिन आग्रह गरेको हो ।

उपमेयर शिल्पा निराला कार्की, वडा नम्बर २ का अध्यक्ष तथा भौतिक पूर्वाधार समितिका संयोजक कुमार पोखरेल, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, भौतिक पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर अर्जुन थापालगायत मेयर कोइरालाको टोलिमा सहभागी छन् ।

सहरी विकास मन्त्रीसँग मेयर कोइरालाले ड्रेन, सडक, प्रादेशिक बसपार्क, फोहोरमैला व्यवस्थापनलगायतका योजना छिटो अगाडि बढाइदिन आग्रह गरेका थिए । उपप्रधान तथा सहरी विकासमन्त्री सिंहले विराटनगरको विकासका लागि आफू गम्भीर रहेको भन्दै पहल लिने आश्वासन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्