विराटनगरका उद्योगीद्वारा अर्थमन्त्री र उद्योग मन्त्रीसँग अर्थतन्त्र सुधार सहजीकरण गर्न माग

<span class='c1'>विराटनगरका उद्योगीद्वारा अर्थमन्त्री र उद्योग मन्त्रीसँग</span> <span class='c2'>अर्थतन्त्र सुधार सहजीकरण गर्न माग</span>

विराटनगर । विराटनगरका उद्योगीहरुले नेपाली वस्तुले व्यूरो अफ इण्डियन स्टायान्डर्डको प्रमाण पत्र लिएपछि मात्रै भारत निर्यात गर्न पाउने भारतीय नीतिले निर्यातजन्य कतिपय वस्तुमा असर पारिरहेको भन्दै सरकारसँग सहजीकरण गरिदिन माग गरेका छन् । भारतको यो नीतिले नेपालका प्लाईउड, जुत्ता, स्यानेटरी प्याड, सिमेन्ट उद्योगहरुलाई समस्यामा पारेको भन्दै अर्थमन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री र प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहाकार डा.युवराज खतिवडालाई उनीहरुले सहजीकरणका लागि अनुरोध गरेका हुन् ।

भारतले लागु गरेको नीतिले नेपाली उद्योगका लागि अवसर दिएको भएपनि तत्काल त्यसले निर्यातमा पारेको असर कम गर्न उनीहरुले सरकारी सहजीकरण हुनुपर्ने माग गरेका थिए । नेपाली वस्तुलाई व्यूरो अफ इण्डियन स्टायान्डर्डको प्रमाण पत्र लिने प्रकृयामा कृटनीतिक माध्यमबाट सहजीकरण हुनुपर्ने माग गरिएको हो ।

यसैगरी भारतको बथनाहा–आईसिपी कार्गो रेल उद्घाटनपछि सञ्चालनमा देखिएको समस्या हल गरिदिन समेत आग्रह गरेका छन् । उद्योग संगठन मोरङ अध्यक्ष राकेश सुराना नेतृत्वको टोलिले अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग मन्त्री दामोदर भण्डारी र प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहाकार डा.युवराज खतिवडासँग भेटेर कार्गो रेल सञ्चालनमा शुल्क सहजीकरण गरिदिन भनिएको थियो ।

भारतको बथनाहा–कटहरी कार्गो रेल निर्माणाधिन चरणमा रहेपनि बथनाहादेखि विराटनगर–१८ आईसिपीसम्म २०८० जेठ १० गते सञ्चालन उद्घाटन भएको थियो । तर, शुल्क लगायतका विवाद उत्पन्न भएपछि त्यसपछि उद्घाटनपछि अर्को कार्गो रेल आउन सकेको छैन । उद्योग संगठन मोरङका अध्यक्ष सुरानाले सरकारले सहजीकरण गरिदिए कार्गो रेल सञ्चालनमा आउने आसा रहेको बताउनुभयो ।
अध्यक्ष सुरानाले सरकारसँग त्यस बाहेक उद्योग व्यवसाय क्षेत्रले भोग्दै आएको विषयमा समेत जानकारी गराएको जानकारी दिनुभयो । ‘औद्योगिक क्षेत्रमा देखिएको सुस्तता कसरी हटाउन सकिन्छ भन्ने विषयमा छलफल गरी समाधानका लागि पहल गर्न अनुरोध गरेर फर्केका छौं’ सुरानाले भन्नुभयो–बजार चलायमान नै भईरहेको छैन ।

सरकारले बजारमा लामो समय देखि छाएको सुस्तताले उद्योग व्यवसाय क्षेत्र प्रभावित हुँदै गएको र यो क्रम अझ लम्विए अर्थतन्त्रमा नराम्रोसँग प्रभाव पर्ने उद्योगीहरुको भनाई छ । सरकार गठन भएको चार महिनासम्म पनि अर्थतन्त्र चलायमान नहुनुले यसको असर औद्योगिक क्षेत्रमा नकारात्मक प्रभाव बढाएको उद्योगीहरुको बुझाई छ । उद्योगीहरुको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा.युवराज खतिवडासंगको छलफलमा आर्थिक एवं औद्योगिक विकास र अर्थतन्त्रलाई चलायमान वनाउन सुक्ष्म अध्ययन गरी सरकार र नीजि क्षेत्रबीचको समन्वय बढाउन अनुरोध गरेको बताइएको छ । टोलिले विराटनगरमा आगामी माघ ११ देखि २० गते सम्म हुने विराट एक्स्पो तथा कोशी प्रदेश लगानी सम्मेलनका सन्दर्भमा समेत संघीय सरकारले सहयोग गर्नुपर्ने विषय समेत उठान गरेको पूर्व अध्यक्ष सुयेश प्याकुरेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्