विराटनगरमा माघ ११ गतेदेखि २० गतेसम्म विराट एक्स्पो लाग्ने

<span class='c1'>विराटनगरमा माघ ११ गतेदेखि २०</span> <span class='c2'>गतेसम्म विराट एक्स्पो लाग्ने</span>

विराटनगर । विराटनगरमा आगामी माघ ११ गतेदेखि २० गतेसम्म विराट एक्स्पो आयोजना गर्ने तयारी सुरु गरिएको छ । उद्योग संगठन मोरङले एक्स्पो आयोजना गर्ने तयारी थालेको हो ।

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना नेतृत्वको टोलिले एक्स्पोलाई उपलब्धिमूलक बनाउन संघीय सरकारका अर्थमन्त्री बिष्णु पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र प्रधानमन्त्रीका आर्थिक सल्लाहाकार डा.युवराज खतिवडासँग भेटेर छलफल गरेका छन् ।

विभिन्न माग लिएर पुगेको उद्योगीको टोलिले एक्स्पोलाई उपलब्धीमूलक बनाउन सहयोग तथा सहजीकरणका लागि अनुरोध गरिएको थियो । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, निवर्तमान अध्यक्ष सुयश प्याकुरेल, वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, उपाध्यक्ष राजकुमार गोल्छा, कार्यसमिति सदस्य प्रतिभा रिजाल ओली, दिपक अग्रवाल, वीरेन्द्र राठी र महानिर्देशक चुडामणि भट्टराईसहितको टोलि काठमाण्डौं पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्