सुनसरीबाट मानव बेचबिखनको आरोपमा एक जना पक्राउ

<span class='c1'>सुनसरीबाट मानव बेचबिखनको आरोपमा</span> <span class='c2'>एक जना पक्राउ</span>

धरान (सुनसरी) । प्रहरीले मानव बेचबिखनको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चार जना बालिकालाई पैदलयात्रामार्फत नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको हो ।

जिल्लाको कोशी गाउँपालिका–८ भाण्टाबारीबाट सप्तरी कञ्चनरुप नगरपालिका–१२ बस्ने २६ वर्षीय सनोज सदालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । ‘भारतमा काम गर्ने मानिसको आवश्यकता छ, भनेको जस्तो तलब पाइन्छ’ भनी प्रलोभन देखाएर भारततर्फ लगिरहेको अवस्थामा निजलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।

पक्राउ परेका सदालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता तिमल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार चारै जना बालिकालाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्