जीवन विकास स्कुलमा कार्बन उत्सर्जन कम गर्ने परियोजना प्रदर्शनी

<span class='c1'>जीवन विकास स्कुलमा कार्बन उत्सर्जन</span> <span class='c2'>कम गर्ने परियोजना प्रदर्शनी</span>

विराटनगर । जीवन विकास पब्लिक स्कुलमा थ्री जिरो क्लब र विद्यार्थीले कार्बन उत्सर्जन कम गर्ने विधिसहितको परियोजना प्रदर्शनी गरेका छन् ।

जीवन विकास पब्लिक स्कुलमा रहेको थ्री जिरो क्लबले आयोजना गरेको खुद कार्बन उत्सर्जनको परियोजना प्रदर्शनी कार्यक्रममा कार्बन उत्सर्जन कम गर्ने विधिसहितको परियोजना प्रदर्शनी भएकाे हाे ।

कार्यक्रमको अवलोकन गर्न देशका विभिन्न स्थानबाट लघुवित्त वित्तीय संस्था, सहकारी संस्था र गैरसरकारी संस्थाका पदाधिकारीहरु उपस्थित थिए । अवलोकन टोलीका संयोजक स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले युवा पुस्ताले देशको भविष्य उज्ज्वल बनाउने प्रतिक्रिया दिए । ‘विद्यार्थी भाइबहिनीको सृजनशीलता र सोचको अवस्था हेर्दा मलाई खुसी लाग्छ, यसले नेपालको भविष्य अत्यन्त उज्ज्वल देखाउँछ,’उनले भने,‘ ग्रामीण क्षेत्रमा रहेको जीवन विकास स्कुलले सहरी क्षेत्रका विद्यालय भन्दा उत्कृष्ट काम गरिरहेको छ ।’

कार्यक्रममा जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजय कुमार मण्डलले युवा पुस्तालाई तीन शून्य अवधारणामा जोड्नका लागि विद्यालय तहबाटै अभियान सञ्चालन गर्नुपर्ने बताए । शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्वन उत्सर्जनका लागि सबैले आफ्नो स्थानबाट भूमिका खेल्नु पर्ने उनको भनाइ छ । ‘थ्री जिरो अभियानलाई युवासम्म पुर्याउने प्रभावकारी माध्यम विद्यालय नै हो,’ उनले भने,‘ धनी गरिब केही हेर्दैन,यहाँ बसेको,त्यहाँ बसेको पनि देख्दैन सबैलाई असर गर्छ जलवायु परिवर्तनले ।’

शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्बन उत्सर्जनका लागि सबै नागरिक थ्री जिरो क्लबको अवधारणा अनुसार अघि बढ्नुपर्ने बताउँदै उनले भने,’सबैले आ–आफ्नो ठाउँबाट योगदान गरेर कार्बन उत्सर्जन कम गर्न सकिन्छ ।’

विद्यालयका प्रधानाध्यपक अजयकुमार मण्डलले कार्बन उत्सर्जन कम गर्ने अभियान अन्तरगत विद्यार्थीले विभिन्न योजना तयार गरेको बताए । जलवायु परिवर्तनको समस्या समाधान गर्नका लागि एक जुट भएर अघि नबढे आउने पुस्तालाई झन समस्या हुनसक्ने बताउँदै उनले पृथ्वी जोगाउनका लागि एक जुट भएर अघि बढ्ने सन्देश विद्यार्थीले दिन खोजेको बताए । कार्यक्रममा विद्यार्थीलाई पुरस्कृत पनि गरिएको थियो ।

जीवन विकास लघुवित्त, थ्री जिरो क्लब र नव बिहानीसँगको सहकार्य यसअघि मोरङको जहदा गाउँपालिका– ५ मा रहेको जनता माध्यमिक विद्यालय, धनपालथान गाउँपालिका ३ सोराभागमा रहेको शिवशक्ती माध्यमिक विद्यालय, धनपालथान गाउँपालिका – २ मा रहेको जनता माध्यमिक विद्यालयमा हाजिरजवाफ प्रतियोगिता आयोजना गरेको थियो ।

शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्बन उत्सर्जनको लक्ष्यसहित थ्री जिरो अर्थात तीन शून्य क्लबले काम गरिरहेका छन् । थ्री जिरो क्लबमा १२ वर्षदेखि ३५ वर्ष उमेर समूहका युवाले सहभागिता जनाउन पाउँछन् । एउटा क्लबमा पाँच जना सदस्य हुन्छन् । थ्रि जिरो क्लबको अवधारणा नोबेल शान्ति पुरस्कार विजेता प्रोफेसर मोहम्मद युनुसले अघि सारेका थिए । थ्री जिरो क्लब विश्वका ५० भन्दा बढी देशमा फैलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्