कोशी अस्पतालको ओसीएमसीमा परामर्श लिन पुग्छन् महिलासँगै पुरुष पनि

<span class='c1'>कोशी अस्पतालको ओसीएमसीमा परामर्श लिन</span> <span class='c2'>पुग्छन् महिलासँगै पुरुष पनि</span>

इशु पन्त
विराटनगर । कोशी अस्पतालको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी) बाट गत आर्थिक वर्ष २०८०/८१ मा ५७५ जनाले परामर्श सेवा लिएका छन् । जसमा १३ जना पुरुष समेत रहेका छन् । ओसीएमसी नर्सिङ्ग निरीक्षक अनिता राउतका अनुसार लैंगिक हिंसा, घरेलु हिंसा र यौन हिंसाबाट पीडितहरुलाई ओसीएमसीबाट परामर्श सेवा दिने गरिएको हो ।

परामर्शमा लिन आउनेमध्ये जिल्ला प्रहरी कार्यालय, कोशी अस्पतालकै आकस्मिक, मानसिक र गाइनो विभागमा भर्ना भएकाहरु समेत रहेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लैङ्गिक हिंसापीडित वा प्रभावित व्यक्तिलाई स्वास्थ्य उपचारलगायत अन्य आवश्यक सेवा एकद्वारबाट पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउने उद्देश्यले एकद्वार सङ्कट व्यवस्थापन केन्द्र ओसीएमसीबाट स्थापना गरेपछि त्यसको लाभ लिनेको संख्या बढ्दै गएको छ । २०६८ मा ७ वटा संस्थाबाट सुरु भएको सेवा हाल ९२ अस्पतालमा विस्तारित छ। जसमध्ये कोशी अस्पतालमा पनि यो सेवा बिस्तार गरिएको थियो।

बलात्कार, यौन दुर्व्यवहार, शारीरिक दुर्व्यवहार,स्रोत अधिकारबाट वञ्चित, मानसिक दुर्व्यवहार, बालविवाह, रुढीवादी परम्परा जस्ता हिंसाबाट पीडितले सेवा लिने गरेका छन् । जिल्ला प्रहरी, नगरपालिका, संस्था, नगर प्रहरी लगायत बिभिन्न स्थानबाट उद्धार गरेका पीडित समेत त्यहाँबाट सेवा लिदैं आएको राउत बताउछिन । कोशी अस्पतालमा रहेको ओ सी एम सी २०७४ साल देखि सुरु भएको हो। तर अझै पनि सबै पीडितहरु माझ यो सेवाको प्रचार हुन् सकेको छैन।

ओसीएमसीमा परामर्श तालिम लिएका चार जनाले यो सेवा दिने गरेका छन् । गत महिना कार्तिकमा मात्रै १० जना पुरुषले परामर्श लिनु भएको राउतले बताइन् । पुरुषहरु समेत घरेलु हिंसा , सम्बन्ध बिच्छेद , निर्दोष मुद्दामा मुसिएका, पारिबारिक समस्यालगायत लिएर परामर्श लिने गरेका हुन्।
यस एकद्वार सेवाबाट पीडितलाइ कानुनी सहायता तथा परामर्शलाइ निकै हलुका बनाउने हुदा आफ्नो कुराहरु खोलेर भन्ने गर्दा निकै सहज हुने गर्नेछ। समस्या आएको बेला फोनबाट समेत परामर्श दिदै आएको राउत बताउछिन्। कोशी अस्पतालका मनोचिकित्सक आलोक झाका अनुसार महिलाहरु भावनात्मकरुपमा कमलो भएको कारण पनि अज्ञात घटनाले गर्दा मानसिक समस्या झेल्न गार्हो हुने बताउछन।

यौन तथा शाररिक हिंसामा परेका पीडिहरुले घटनाको सपना देख्दा समेत मानसिकरुपमा कम्जोर बनाउने बताउछन्। ओसीएमसीले मानसिक रोगको समस्या देखा पर्नेलाइ मनोचिकित्सक समेत रिफर गर्दा समेत समयमै आफ्नो मानसिक रोगको पहिचान गर्न सहयोग पुर्याउछ। डा. झा का अनुसार ओसीएमसीको एकद्वार प्रणालीमार्फत समेत कयौ पीडितहरुले सहायताले जिवन जोखिमबाट मुक्त भएको बताउछन। उनका अनुसार मानसिक समस्या जति छिटो पहिचान गर्दा बाहिर निस्किन सहज हुने बताउछन। काम गर्न मन नलाग्ने , निद्रा कम लाग्ने , शरीरमा बिभिन्न लक्षण देखा पर्ने ,नकारात्मक सोच बारम्बार,तनाव हुन, जस्ता मानसिक समस्या लिएर अस्पताल आउने गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्