जसपा नेपालको कोशी प्रदेशस्तरीय महिला, युवा र विद्यार्थी संगठन पुनर्गठन

<span class='c1'>जसपा नेपालको कोशी प्रदेशस्तरीय महिला,</span> <span class='c2'>युवा र विद्यार्थी संगठन पुनर्गठन</span>

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कोशी प्रदेशस्तरीय तीनवटा भ्रातृसंगठन पुनर्गठन भएका छन् ।

सुनसरीको गंगा जमुना होटलको सभाहलमा शुक्रबार आयोजित प्रदेशस्तरीय कार्यक्रमबाट समाजवादी महिला संघ नेपाल, समाजवादी युवा संघ नेपाल र समाजवादी विद्यार्थी संघ नेपालको कोशी प्रदेश समिति पुनर्गठन गरिएको हो ।

सो कार्यक्रमबाट समाजवादी महिला संघको कोशी प्रदेश समिति अध्यक्षमा ओममाया आङदेम्बेलाई चयन गरिएको छ । त्यसैगरी समाजवादी युवा संघको अध्यक्षमा दिनेश राई र समाजवादी विद्यार्थी संघको प्रदेश समिति अध्यक्ष सागर सरगम चेम्जोङ चयन भएका छन् । जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माणको चार महिने अभियानअन्तर्गत संगठन पुनर्गठन कार्यक्रममा पार्टीका सह–अध्यक्ष रकम चेम्जोङ, सचिव राजकुमार राई, केन्द्रीय कार्यकारिणी सदस्य जयराम यादवालगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्