कम्प्युटर एसोसिएशन महासंघ मोरङको अध्यक्षमा सुमित कुमार साह चयन

<span class='c1'>कम्प्युटर एसोसिएशन महासंघ मोरङको अध्यक्षमा</span> <span class='c2'>सुमित कुमार साह चयन</span>

विराटनगर । कम्प्युटर एसोसिएशन महासङ्घ नेपाल (क्यान) जिल्ला शाखा मोरङको सातौं जिल्ला सम्मेलन तथा चौथो जिल्ला अधिवेशनले सुमित कुमार साहलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । शनिबार दिउँसो सम्पन्न अधिवेशनले साहको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

नवनिर्वाचित समितिको उपाध्यक्षमा सौरभ गोल्छा, सचिवमा अजिप चापागाई, सह-सचिवमा नवीन यादव र कोषाध्यक्षमा सुजित झा चयन भएका छन् । निर्वाचन समितिका संयोजक एवम् अधिवक्ता नवराज दाहालले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए।

कार्यक्रममा क्यान महासङ्घका केन्द्रीय सचिव ठाकुर कुमार श्रेष्ठ, प्रदेश सचिव यज्ञराज दाहाल (नवराज), सुनसरी क्यान निवर्तमान अध्यक्ष सन्देश राई तथा मोरङ बार एसोसिएशनका उपाध्यक्ष अधिवक्ता नवराज दाहाल, क्यान महासङ्घ मोरङका सदस्य लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्