ग्रामथान उपनिर्वाचन : मौन अवधिमा कांग्रेसले भेला गरेको भन्दै रास्वपाद्वारा निर्वाचन कार्यालयमा उजुरी

<span class='c1'>ग्रामथान उपनिर्वाचन : मौन अवधिमा कांग्रेसले भेला</span> <span class='c2'>गरेको भन्दै रास्वपाद्वारा निर्वाचन कार्यालयमा उजुरी</span>

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको उपनिर्वाचनको अघिल्लो दिन नेपाली कांग्रेसले सम्मेलन गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङ शाखाले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको छ।

आज (शनिबार) बिहान ग्रामथान गाउँपालिका-६ मा कांग्रेसले सम्मेलन गरेको भन्दै रास्वपाले उजुरी दिएको हो ।

निर्वाचनको अघिल्लो दिन मान्छे भेला पारेर सम्मेलन गरेको रास्वपा मोरङकाे आरोप छ । कांग्रेस नेताहरु भेला भएको स्थानकाे भिडियाे खिचेपछि कांग्रेसका कार्यकर्ताले रास्वपा कार्यकर्तालाई हातपात पनि गरेका थिए ।

माैन अवधिकाे समयमा आफ्नाे घर नजिकै कांग्रेसले भेला गरेपछि उजुरी गरेको रास्वपाबाट अध्यक्ष पदका उम्मेदवार नविन विश्वासले दाबी गरे। भेलाको फोटो भिडियो खिच्न खोज्दा पार्टीका सदस्य प्रकाश घिमिरेमाथि हातपात भएको उनले बताए ।

‘निर्वाचन आचारसंहिता लागेका बेला २०–२५ जना बस्नु आचारसंहिता विपरित भयो,’ उनले भने,‘ भेला गरेपछि हाम्रो पार्टीका सदस्यले निर्वाचन आचारसंसिहता विपरित भयो भन्दा हातपात भयो ।’ घटनापछि उजुरी गरेकाे उनले बताए । रास्वपा कार्यकर्ताले भेलाकाे समयमा कांग्रेसले पैसा पनि बाँडेकाे आराेप लगाएका छन् । पार्टीकाे कुनै सम्मेलन नभएको नेपाली कांग्रेस नेता गुरुराज घिमिरेले दाबी गरे । पार्टीको सम्पर्क कार्यालयमा बसिरहेको अवस्थामा २–३ जनाले भिडियो खिचेर लगेको उनले बताए ।

‘२०८० सालको वडा सम्मेलनको व्यानर यहाँ टागिरहेको छ, उम्मेदवारको कुनै प्रचारप्रसार झल्किने खालको केही ब्यानर छैन,’ उनले भने,‘ यो हाम्रो वडा कार्यालय हो, वडा कार्यालयमा बसेर वर्क डिभिजन गरिरहेका थियौं ।’ सहायक निर्वाचन अधिकृत राजराज पौडेलले रास्वपाले उजुरी गरेपछि उजुरीमाथिको कारबाही प्रक्रिया सुरु भएको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङले जारी गरेको विज्ञप्ति हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्