विराटनगर । विराटनगर महानगरपालिका-१६ स्थित बर्माटोलमा रहेको श्री टासी छ्योलिङ्ग बौद्ध गुम्बामा पाँच दिवसीय काग्युर तथा त्रिपिटक वचन हुने भएको छ ।
यही मंसिर १८ गतेदेखी २२ गतेसम्म बौद्ध गुम्बामा पाँच दिवसीय काग्युर तथा त्रिपिटक वचन पाठ हुने भएको हो ।
मुलुकभरका करिब २ दर्जन भन्दा बढी विज्ञ लामा (गुरु ) हरुबाट ग्रन्थहरु पुजापाठ तथा लाखौँ मंन्त्रहरुको संग्रहको धारा प्रवाह वचन हुने जनाइएको छ । रानीमा रहेको गुम्बामा गुरुहरुले प्रदान गरेको ग्रन्थहरुलाई प्रख्यात बौद्ध गुरु तथा साधकहरूको सहभागितामा वचन गरिने भएको छ ।
आयोजक संस्थाका अनुसार, पाँच दिनको यो कार्यक्रम धार्मिक र सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण हुनेछ । काग्युर र त्रिपिटक बौद्ध धर्मका प्रमुख शास्त्रहरू हुन, जसमा बुद्धका उपदेशहरू र तिनीहरूको शिक्षाहरूका बारेमा विस्तृत विवरणहरू प्रस्तुत गरिने छ । काग्युर र त्रिपिटकका बौद्धिक ग्रन्थहरूमा रहेका प्रमुख उपदेशहरूको व्याख्या गर्दै, बौद्ध धर्मका शिक्षाहरूसँग सम्बन्धित विभिन्न शास्त्र र दर्शनका पहलुहरू प्रस्तुत गरिनेछन्। यस अवसरमा, साधक र स्रोतासँगै ध्यान र साधना गर्ने अवसर प्राप्त हुने गुम्बाका प्रमुख लामा गुरु प्रेम लामाले जानकारी दिए ।
कार्यक्रमका आयोजकले यो विशेष अवसरलाई सबै धर्मावलम्बी र समुदायका सदस्यहरूको लागि एकता र सद्भावको सन्देश दिने उद्देश्य राखेका छन्। यो कार्यक्रमले विराटनगरको सांस्कृतिक र धार्मिक विविधतामा अझै थप महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
समारोहको समापनमा विशेष सामूहिक पूजा गर्दै धरानका ख्याती प्राप्त गुरु खेन्रिन्पोछे तेन्जिङ्ग वाईवाले सान्दर्भिक तथा सारगर्भीता प्रवचन गरी छे वाङ्ग अभिषेक कार्यक्रम गरी पाँच दिवसीय बौद्ध वचन समापन हुने जनाइएको छ ।