विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा ७१ प्रतिशत मतदान भएको छ ।
सहायक निर्वाचन अधिकृतका रामराजा पौडेलका अनुसार तोकिएको समय अबधिभित्र १८ हजार ५७७ जनाले मतदान गरेका हुन् ।
१२ मतदान स्थलका २९ मतदान केन्द्रमा भएको मतदानमा ७१.३३ प्रतिशत मतदान भएको हो । ग्रामथानमा २६ हजार ४४ मतदाता रहेका थिए। विभिन्न दलबाट १५ र स्वतन्त्र १ सहित १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।
आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । मतदान सकिएपछि मतपेटीका संकलनको काम सुरु भएको जानकारी दिँदै पौडेलले आजै रातिबाट मतदान सुरु हुने जानकारी दिए ।