तत्काल भुक्तानी दिन निर्माण व्यवसायीको माग,भुक्तानी नपाए आन्दोलनमा उत्रिने चेतावनी

<span class='c1'>तत्काल भुक्तानी दिन निर्माण व्यवसायीको</span> <span class='c2'>माग,भुक्तानी नपाए आन्दोलनमा उत्रिने चेतावनी</span>

विराटनगर । निर्माण व्यवसायीहरुले काम गरेको भुक्तानी राज्यले तत्काल दिनुपर्ने माग राखेका छन् ।

लामो समयदेखिको बक्यौता भुक्तानी नभएको भन्दै असन्तुष्टि जनाएको उनीहरुले विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरी काम गरेर बिल पेश गरेको भुक्तानी तत्काल दिन माग राखेका हुन्।

दुई साताअघि दसैंअगावै बक्यौता भुक्तानी राफसाफ गर्ने प्रतिबद्धता गरिएकोमा अन्तिम समयमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले छलफल गरेका गरेका थिए । अर्थमन्त्री पौडेलले दसैंअघि नै बाँकी रकम भुक्तानी गर्न प्रयासरत भएको बताएका थिए । अहिलेसम्म भुक्तानी नपाएपछि तत्काल दिन माग गरिएको महासंघको उपाध्यक्ष आङदोर्जे लामाले सरकारले नै भुक्तानी नगरेको कारण निर्माण व्यवसाय मार्कामा परेको बताए ।

दुई महिनाअघि बक्यौता भुक्तानी नपाएको भन्दै विभिन्न क्षेत्रमा निर्माण व्यवसायीहरूले आन्दोलन गरेका थिए । फेरी पनि भुक्तानी नपाए आन्दोलनमा उत्रिन बाध्य हुने उनले बताए ।
उनले विगतको सबै भुक्तानी र चालु वर्षमा भएको कामको भुक्तानी सुनिश्चितता नभएसम्म थप ठेक्का प्रक्रिया अघि बढाउन नसकिने बताए ।

छलफलका क्रममा निर्माण व्यवसायीहरूले पुरानो भुक्तानी क्लियर नगरेसम्म नयाँ ठेक्का नलगाउन आग्रह गरेका छन् ।
निर्माण व्यवसायीले सरकारलाई बिल उपलब्ध गराएको रकम मात्रै ४५ अर्ब बढी रहेको बताएका छन् । त्यस्तै, उपलब्ध गराउनु पर्ने बिल र म्याद थपपछिको दायित्व समेत जोड्दा एक खर्ब बढी पुग्ने उनीहरूको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्