विराटनगर महानगरद्वारा ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण

<span class='c1'>विराटनगर महानगरद्वारा ५० प्रतिशत</span> <span class='c2'>अनुदानमा गहुँको बिउ वितरण</span>

विराटनगर । विराटनगर महानगरपालिकाले किसानका लागि ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गरेको छ ।

बुधबार महानगर परिसरमा आयोजित कार्यक्रममा उन्नत जातको गहुँको बिउ वितरण गरिएको हो । कार्यक्रममा उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेलगायतले बिउ वितरण गर्नुभएको थियो ।

कृषि शाखाका कृषि अधिकृत खगेश्वर तिम्सिनाका अनुसार १० हजार ५२६ किलो बिउ वितरण गरिएको छ । सो बिउले ६० हेक्टर जमिनमा खेती गर्न सकिनेछ ।

महानगर क्षेत्रका २६२ घरधुरीलाई सो उन्नत जातको गहुँको बिउ वितरण गरिएको तिम्सिनाले जानकारी दिनुभयो ।

महानगर क्षेत्रभित्र १ हजार ३ सय ७५ खेतीयोग्य जमिन रहेमा २ सय ५० हेक्टर जमिनमा गहुँ खेती गर्ने गरिएको छ । यसअघि महानगरले ५० प्रतिशत अनुदानमा मकै बिउ वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्