जिल्ला प्रशासन कार्यालय मोरङको स्तनपान कक्ष सधैं अव्यवस्थित

<span class='c1'>जिल्ला प्रशासन कार्यालय मोरङको</span> <span class='c2'>स्तनपान कक्ष सधैं अव्यवस्थित</span>

इन्दु साह
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङको स्तनपान कक्ष अव्यवस्थित छ । महिलामैत्री र बालमैत्री कार्यालय बनाउने उद्देश्यले स्थापना गरिएको यो कक्ष हाल अलपत्र परेको हो।

कार्यालयको मुख्य भवनमा रहेको स्तनपान कक्षमा सरसफाई र व्यवस्थापनमा लापरबाहीसँगै अस्तव्यस्त देखिन्छ ।

कोठाका कुर्सी र सोफाहरू भाँचिएका, च्यातिएका र धुलाम्मे अवस्थामा छन्।

भित्तामा ‘स्तनपान कक्ष’ लेखिएको भए पनि वास्तविकतामा यहाँ आमाहरूले आफ्ना बच्चालाई स्तनपान गराउन सक्ने वातावरण छैन। कार्यालयमा सेवा लिन आउने आमाहरू बाह्य क्षेत्रमा बसेर बच्चालाई स्तनपान गराउन बाध्य भएका छन्। प्रशासन कार्यालयको स्तनपान कक्ष भद्रगोल भएको गुनासोपछि विराटनगर महानगरपालिकाले केहि बजेट व्यवस्था गरेर सुधार्ने योजना राखेको छ ।

महानगरपालिकाले नागरिक सेवा प्रवाह गर्ने कार्यालयहरूमा स्तनपान कक्षलाई व्यवस्थित र सुधार गर्नुपर्नेमा जोड दिइरहेको छ। महाानगरपालिका स्वास्थ्य महाशाखाकी नर्सिङ अधिकृत टिना यादवका अनुसार जिल्ला प्रशासन कार्यालयको स्तनपान कक्ष व्यवस्थापनको लागि ९५ हजार लागत अनुमान गरिएको छ । ओछ्यान, बेड, तारजालि, पर्दा, कुर्सी लगायतका सामाग्री खरीद गरेर त्यसलाई व्यवस्थित बनाउन लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्