विराटनगर । विराटनगर–५ मा रहेको श्री विराट बहिरा माध्यमिक विद्यालयमा संचालित विराट टि. टि. एल. स्काउट ३२ जना स्काउटलाई स्काउट पोशाक वितरण गरिएको छ।
सोमबार कार्यक्रममा स्काउत्म आवद्ध भएका विद्यार्थीलाई पोसाक वितरण गरिएको हो । विराटनगर महानगरपालिकाका उप–प्रमुख शिल्पा निराला कार्कीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा १६ जना छात्र र १६ जना छात्रालाई पोशाक वितरण गरिएको हो।
कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय कार्यकारी समिति सदस्य नवल प्रसाद उपाध्याय, प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारी र विराटनगर महानगरपालिका स्थानीय प्रमुख आयुक्त नवीन पहाडीको उपस्थिति रहेको थियो।
स्काउट गतिविधिमा सहभागी विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले पोशाक वितरण गरिएको विराटनगरका स्थानीय प्रमुख आयुक्त नवीन पहाडीले जानकारी दिए।