प्रेम देवान
विराटनगर । विकास भएन भनेर सत्तोसराप गर्नेको समाजमा कमी छैन । तर, भएका विकासको संरक्षण होइन क्षति गर्ने काम पनि समाजकै सदस्यहरूबाट भइरहेको छ । तस्बिरमा देखिएको दृष्य अरु काहींको नभएर हाम्रै विराटनगर महानगरपालिकाको हो। जुन विराटनगर महानगरपालिका वडा ३ स्थित पुर्व मेयर तथा हालका प्रदेश सांसद भीम पराजुलीको घर पछाडीको दृष्य हो ।
पोखरीया स्कुलको मन्टेश्वरी ब्लक अगाडी रहेको सेल्फी रोडमा राखिएका फलैँचा अहिले नालामा उतानो परेको छ । विराटनगर महानगरपालिका- ३ ले आर्थिक बर्ष २०७९/८० मा वडा स्तरीय बजेटबाट १ लाख खर्च गरेर ११ वटा फलैँचा सो सडक खण्डमा राखेको थियो । तर अहिले त्यो बादरको हातमा नरिवल भने झैँ भएको छ । वडा कार्यालयले आर्थिक बर्ष २०८०/८१ मा २ लाखको बजेटमा ३३ र चालु आर्थिक बर्षमा फलैँचा निर्माणको लागि ३ लाख बजेट छुटाईएको विराटनगर वडा नम्बर ३ का वडा सचिव हरि प्रसाद गुरागाईले जानकारी दिए ।
कम्तिमा पनि १० हजार बढी खर्च गरेर बटुवालाई बस्नका लागि राखेको कंक्रिटको एउटा फलैँचा उछृङकल गतिविधी गर्नेहरुले नालामा फालेर भताभुङ्ग पारिदिएका छन् । सबाल खर्चको भन्दा पनि बनाइएको कुर्सी क्षतविक्षत पार्ने अनि भएका संरचनालाई गलत हर्कत गर्नेको सवाल आउँछ । यस्ता गतिविधी गर्ने समुह कस्तो समाजमा बस्छन् । वडा कार्यालयले पनि त्यस्ता व्यक्तिहरु सिसी क्यामाराको माध्यमबाट खोजी भईरहेको वडाध्यक्ष बासु बहादुर बस्नेत बताए । राती मदिरा खाएर आउने अनि फलैँचामा बसेर अनैतिक कार्य समेत गर्ने गरेको वडाध्यक्ष बस्नेतको भनाई छ । भएका बिजुलीका पोल तार चुडाउने र बस्ने ठाँउलाई भत्काउनेहरुलाई सिसि क्यामाराको माध्यमबाट पहिचान गरी कारबाहीसँगै क्षतिपूर्ति तिराउने वडाध्यक्ष बस्नेतले बताए ।
हु नत विराटनगर महानगरपालिकाले विराटनगरलाई सफा र सुन्दर नगर बनाउने भनेर करोडौँ खर्च नगरेको भने हैन । कतिपय स्थानमा सहि सदुपयोग भएको छ भने कतिपय स्थानमा भने प्रयोगबिहीन भएका छन् ।
भाँचिएका फलैँचा कुर्सीहरुको रेखदेख गर्ने काम वडाको नै भएका कारण भोलीबाट नै यसलाई व्यवस्थापन गर्ने वडा सचिव गुरागाईले आवर विराटनगरलाई बताए ।
सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई कडा कारबाही गर्नुपर्छ। सेल्फी रोडमा कुर्सी भत्काउने मात्र होइन रंगीविरंगी तार चार्ने पनि देखिएका छन् । धेरथोर भएका विकासका यस्ता संरचनामा अपनत्वको अभाव छ ।
विराटनगरमा एसियाली विकास बैंकको अनुदान सहयोगबाट बनेका सडकको संरक्षणमा समेत ध्यान दिइएको छैन । सडकको डीभाइडरमा रोपिएका फूल टिप्ने र चोर्नै हुन्छन् तर, एक गिलास पानी हाल्ने र झारपात उखाल्ने कोही हुँदैन । हुँदै नभएको भन्दा पनि कहिलेकाही विराटनगरका अभियान्ताकर्मी उद्धव बहादुर केसी र पारुल क्षेत्रीले सडकका विरुवाहरुमा पानी हालेको भने देखिन्छ । हो अब विकासका कामलाई विनाश गर्नेलाई हदैसम्मको कारबाही र संरक्षण गर्नेलाई सम्मान गर्नुपर्छ ।