विराटनगरको ह्यापी आवर हेभन रेष्टुरेन्टले पहिलो वार्षिकोत्सव मनाउने

<span class='c1'>विराटनगरको ह्यापी आवर हेभन</span> <span class='c2'>रेष्टुरेन्टले पहिलो वार्षिकोत्सव मनाउने</span>

विराटनगर । विराटनगर-४ पिपल चोकस्थित ह्यापी आवर हेभन रेष्टुरेन्टले आफ्नो पहिलो वार्षिकोत्सव "हेभन टार्नस् वान" मनाउने तयारी गरेको छ ।

विराटनगरमा गत बर्षबाट संचालनमा आएको उक्त रेष्टुरेन्टले आफ्नो वार्षिकोत्सव एक हप्तासम्म विभिन्न कार्यक्रम तथा अफरहरुको साथ मनाउन लागेको रेष्टुरेन्टले जनाएको छ । कार्यक्रम मङ्सिर २० गते देखि २६ गतेसम्म चल्नेछ ।

हेभनको वार्षिकोत्सवमा रु एकको मेनुदेखि लिएर एनिभर्सरी विकमा रेष्टुरेन्टमा आउने ग्राहकबाट लक्की बिजेताहरुलाई विभिन्न पुरस्कारहरु समेत राखिएको छ । ह्यापी आवर हेभनले एक बर्ष पुरा गरेको अवसरमा एनिभर्सरी विकमा लाइभ म्युजिक लगायत विभिन्न गेमको समेत प्रबन्ध गरेको छ ।

सांगीतिक माहोल र खाना दुवै मन पराउनेहरुको लागि उक्त रेष्टुरेन्ट अहिले धेरैको प्रिय बनेको छ । रेष्टुरेन्टले दशैँ, क्रिसमस डे, नयाँ बर्ष लगायतमा विभिन्न कार्यक्रम समेत गर्दै आएको छ । युवा पुस्तादेखि बृद्धसम्म नै उक्त रेष्टुरेन्ट लोकप्रिय रहेको छ । रेष्टुरेन्टमा साना बालबालिकाको लागि खेल्ने सामग्री समेत राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्