विश्व माटो दिवस मनाइँदै

<span class='c1'>विश्व माटो</span> <span class='c2'>दिवस मनाइँदै</span>

काठमाडौँ । विश्व माटो दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

‘माटोको सुधारः परीक्षण, रेखदेख र उपचार’ नाराका साथ दिवस मनाउन लागिएको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले जनाएको छ ।

संयुक्त राष्ट्र सङ्घ अन्तर्गतको खाद्य तथा कृषि सङ्गठन (एफएओ) को सिफारिसमा संयुक्त राष्ट्र सङ्घको ६८ औँ महासभाको निर्णयले सन् २०१३ डिसेम्बर ५ देखि यो दिवस मनाउन सुरु गरिएको हो । नेपालमा सन् २०१४ डिसेम्बर ५ देखि औपचारिक रूपमा यो दिवस मनाउन सुरु गरिएको थियो ।

माटो दिवस नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र, कृषि विभाग, नेपाल माटो समाज, अन्तर्राष्ट्रिय गहुँ तथा मकै सुधार केन्द्रले संयुक्त रूपमा मनाउन लागिएको जनाइएको छ । नेपालमा भने काभ्रेको पाँचखालमा घुम्ती माटो परीक्षण प्रयोगशालाबाट स्थलगत माटो परीक्षणको औपचारिक सुरुवात गरी विश्व माटो दिवस मनाउन सुरु गरिएको थियो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्