बुद्ध एयरले थप्यो १९ औं एटीआर जहाज

<span class='c1'>बुद्ध एयरले थप्यो १९</span> <span class='c2'>औं एटीआर जहाज</span>

काठमाडौं । बुद्ध एयरले १९ औं एटिआर जहाज भित्र्याएको छ ।

नयाँ आएको जहाज एटिआर–७२ हुन् । यससँगै एटिआर–७२ जहाजको संख्या १६ पुगेको छ ।

नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पु¥याई डिसेम्बर महिनाको अन्त्यबाट उडान सेवामा ल्याईने बुद्ध एयरले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
बुद्ध एयरले कल साईन (9N–AOG) जहाज फ्रान्सको एटिआर कम्पनी, तुलुसबाट भित्र्याएको छ । बुद्ध एयरसँग ३ वटा एटीआर–४२–३२० र १६ वटा एटिआर–७२–५०० जहाजहरु रहेका छन् । बुद्ध एयरले केही समय अगाडी मात्रै एउटा एटिआर–४२–३२० जहाजलाई उडानबाट विदाई गरेको थियो । त्यस जहाजको डिरजिष्ट्रेशन प्रक्रियामा रहेको छ ।

हवाई उडानलाई सहज र सरल बनाउने प्रतिवद्धता अनुरुप बुद्ध एयर आफ्नो बेडामा नयाँ जहाज थप गरेको हो । बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले – ‘सहज भाडासँगै उडान संख्या उल्लेख्य वृद्धि भए अनुरुप यात्रुहरु आफ्नो समय अनुकल उडान भर्न सक्ने’ जनाएका छन् । हामी उडान तालिकालाई बढिसे बढि प्रभावकारिकाताका साथ सञ्चालन गर्न प्रतिवद्ध रहेका छौं, – उनले थपे ।

थपिएको जहाजले नियमित मर्मत सम्भारमा पनि सहयोगी हुने कम्पनीले जनाएको छ । बुद्ध एयरले आन्तरिकतर्फ अहिले दैनिक १४० भन्दा बढि उडान भरिरहेको छ । अन्तरराष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसी साताको ३ दिन उडान भरिरहेको छ । यसैगरि पोखराबाट चितवन, भैरहवा तथा नेपालगञ्जको उडान पनि भरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्