श्री श्री रविशंकर विद्या मन्दिरका विद्यार्थीको शैक्षिक भ्रमण सम्पन्न

<span class='c1'>श्री श्री रविशंकर विद्या मन्दिरका</span> <span class='c2'>विद्यार्थीको शैक्षिक भ्रमण सम्पन्न</span>

विराटनगर । विराटनगर-२ स्थित श्री श्री रविशंकर विद्या मन्दिरका विद्यार्थीहरुले चार दिने दार्जिलिङ शैक्षिक भ्रमण सम्पन्न गरेका छन्। शैक्षिक र सांस्कृतिक रूपमा समृद्ध यस भ्रमणले विद्यार्थीहरूलाई व्यावहारिक अनुभव प्रदान गरेको छ।

कक्षा ८ की छात्रा स्वाती साहले दार्जिलिङको स्थानीय बजार र वातावरणले आफूलाई मन्त्रमुग्ध पारेको बताइन्। टाइगर हिलबाट कञ्चनजङ्घा हिमालको सूर्योदय हेर्न पाउँदा उनको लागि अविस्मरणीय क्षण बनेको थियो। विद्यार्थीहरूले प्राणी उद्यान, हिमालयन माउन्टेनियरिङ इन्स्टिच्युट र जापानी मन्दिर जस्ता महत्वपूर्ण स्थलहरूको भ्रमण गरे। विद्यार्थी सरस्वती साहले मोमोज खाने र स्थानीय संस्कृतिसँग जोडिने अवसर पाएकोमा खुसी व्यक्त गरिन्।

विद्यालयकी प्रिन्सिपल सिमा अग्रवालले विद्यार्थीहरूले यस भ्रमणबाट व्यावहारिक ज्ञान हासिल गरेको बताइन्। विद्यालयका शिक्षक अरुण ओडारीका अनुसार विद्यार्थीहरूले विराटनगर बाहिर गई दार्जिलिङमा नेपाली संस्कृति, धार्मिक तथा स्थानीय गतिविधिको प्रत्यक्ष अनुभव गर्न पाएका छन्। उनले विद्यार्थीहरूलाई भविष्यमा पनि नेपालका विभिन्न स्थानमा घुम्ने अवसर दिन पाए खुसी लाग्ने बताए।

विद्यालयका शिक्षकहरूको नेतृत्वमा सम्पन्न यस भ्रमणले विद्यार्थीहरूको शैक्षिक र व्यक्तिगत विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। विद्यार्थीहरूले यो यात्रालाई आफ्नो जीवनको एक अविस्मरणीय अनुभवका रूपमा स्मरण गर्ने बताएका छन्।

विद्यालयले विद्यार्थीको वौद्धिक क्षमता अभिवृद्धि गराउन बेला बेलामा पढाईका अलवा अतिरित्त क्रियाकलाप गराउँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्