विराटनगरको विनायक स्काउट ट्रुपको दीक्षान्त

<span class='c1'>विराटनगरको विनायक स्काउट</span> <span class='c2'>ट्रुपको दीक्षान्त</span>

विराटनगर । विराटनगर १२ मा रहेको विनायक वोर्डिङ स्कुलले नेपाल स्काउट विनायक स्काउट ट्रुपको दीक्षान्त गरेको छ ।

शनिबार स्कुल परिसरमा एक कार्यक्रम आयोजना गरि स्काउट ट्रुपको दीक्षान्त गरिएको हो ।

उक्त कार्यक्रममा ३४ जना स्काउट विद्यार्थीलाई सदस्यता र धवलागिरी ब्याचले दीक्षित गरेको विद्यालयका प्रिन्सिपल मिथलेश ठाकुरले बताए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल स्काउट राष्ट्रिय समितिका पूर्व तदर्थ समितिका संयोजक चन्दन कौशिक, स्कुलका प्रिन्सिपल मिथलेश ठाकुर, विराटनगर- १२ का वडाध्यक्ष सुर्यलाल यादव, पूर्वाञ्चल स्कुलका स्काउटका संयोजक अर्जुन श्रेष्ठलगायतले स्काउट ब्याच र स्कार्फ वितरण गरे ।

पछिल्लो समयमा समाजमा विभिन्न खालको विकृति बढोत्तरी हुदै गएकाले स्काउट साथै तेक्वान्दो जस्ता खेलकुदको माध्यमबाट समाजलाई अनुशासित बनाउन विनायक स्कुलले खेलेको भूमिका प्रति प्रमुख अतिथि वडाअध्यक्ष यादवले खुसी ब्यक्त गरे ।

विनायक स्काउट ट्रुपका सदस्य सचिव प्रदिपकुमार विश्वासले प्रतिज्ञा ग्रणह गराए । स्काउटको माध्यमद्वारा विद्यार्थीलाई नैतिकवान, मर्यादित, चरित्रवान साथै समाज प्रति जिम्मेवार बनाउन विगत एक दशक भन्दा पहिलेदेखि विद्यालयमा स्काउट कक्षा सञ्चालन गरिएको साथै शारीरिक तथा मानसिक रूपमा स्वास्थ्य रही आत्मारक्षा गर्न र राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादनमा सहयोग पुर्याउने स्कुलका प्रिन्सिपल ठाकुरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्