कोशीमा २ अर्ब ४५ करोडका चारवटा पदमार्ग परियोजना निर्माण हस्ताक्षर

<span class='c1'>कोशीमा २ अर्ब ४५ करोडका</span> <span class='c2'>चारवटा पदमार्ग परियोजना निर्माण हस्ताक्षर</span>

विराटनगर । कोशी प्रदेशमा चारवटा पदमार्ग निर्माणका लागि स्वीस सरकार विकास सहयोग परियोजनामार्फत २ अर्ब ४५ करोड भित्र्याउन हस्ताक्षर गरिएको छ । चार वर्षे परियोजना सञ्चालनका लागि कोशी प्रदेश सरकार र स्वीस दूतावासबीच सम्झौता भएको हो ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कोको र स्वीस सरकारकी राजदूत डा.डेनियल म्यूउल्यीको उपस्थितिमा परियोजना अन्तरगत चियाबारी पदमार्ग (इलाम–फिक्कल–श्रीअन्तु), फाल्गुनन्द पदमार्ग (फिदिम–छिन्ताप्पु–सन्दकपुर–माइपोखरी–इलाम), लालिगुरास पदमार्ग (लुम्लिङटार–खाँदबारी–नुम–गुफाफोखरी–बसन्तपुर–जलजले–तीनजुरे मिल्के), मुन्दुम पदमार्ग (तावाभन्ज्याङ–टेम्केडाँडा–हासपोखरी–साल्पा पोखरी–सिलिचुङ चुली) पदमार्ग निर्माण हुनेछन् ।

चारवटा पदमार्ग २९ वटा पालिकामा निर्माण हुनेछ । चार वटा पदमार्ग ४०० किलोमिटरको हुनेछ । परियोजनाको लागि स्वीस सरकारले १ अर्ब ३५ करोड १५ लाख लगानी गर्नेछ । संघ सरकारले १९ करोड ९२ लाख, कोशी प्रदेश सरकारले ४५ करोड ८७ लाख र २९ वटा स्थानीय तहले ४४ करोड ६७ लाख लगानी गर्नेछन् ।

परियोजनाबाट १ लाख स्थानीयले प्रत्यक्ष रूपमा लाभ लिने दावी छ। पदमार्गको निर्माण तथा पुनः निर्माण क्रममा ४ लाख दिन बराबरको रोजगारी सिर्जना गर्ने बताइएको छ । एक हजार जनालाई पर्यटन सम्बन्धी सीप विकासका लागि तालिम दिइनेछ । पदमार्गमा होमस्टे, लज, र अन्य आतिथ्य सेवाको विकास गर्ने लक्ष्य रहेको बताइएको छ । चार वर्षको अवधिमा आन्तरिक तथा वाह्य गरि ७८ हजार पर्यटकले पदमार्ग क्षेत्र भ्रमण गर्ने अनुमान गरिएको छ । पदमार्गहरुमा पर्यटन सँग सम्बन्धित २,००० नयाँ रोजगारी सिर्जना अपेक्षा गरिएको छ ।

सम्झौता हस्ताक्षरका क्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश विकासको मुख्य आधार पर्यटन रहेको बताए । चारवटा पदमार्ग पर्यटन क्षेत्रमा गेम चेन्जर परियोजना बन्ने बताए । विश्वलाई चिनाउनका लागि पर्यटन क्षेत्र महत्वपूर्ण हुने उनको भनाइ छ ।
२०८२ साललाई पर्यटन वर्ष घोषणा गरेको बताउँदै उनले पदमार्गले पर्यटन वर्ष मनाउन महत्त्वपूर्ण हुने बताए । नेपालमा छिमेका देशका १ प्रतिशतलाई आकर्षित गर्न सके १० वर्षमा धेरै परिवर्तन गर्न सकिने बताए । नकारात्मक विरोधलाई रोकेर पर्यटन क्षेत्रलाई धेरै माथि लैजान सकिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्