विराटनगर महानगरपालिकाको आयोजनामा रोजगार मेला हुँदै

<span class='c1'>विराटनगर महानगरपालिकाको आयोजनामा</span> <span class='c2'>रोजगार मेला हुँदै</span>

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी पुस पहिलो साता रोजगार मेला आयोजना गर्ने तयारी गरेको छ । इको फन पार्कमा महानगरपालिकाको आर्थिक विकास महाशाखाले स्थानीय युवाहरूलाई रोजगारीका अवसर प्रदान गर्ने उद्देश्यले यो मेला आयोजना गर्न लागेको हो ।

मेलामा स्थानीय तथा क्षेत्रीय कम्पनीहरूलाई निःशुल्क स्टल उपलब्ध गराइने छ। इच्छुक कम्पनीहरूले मंसिर २५ गतेसम्म आफ्नो जनशक्ति आवश्यकताका बारेमा विवरण पेश गर्न सक्नेछन् । आयोजकले प्रत्येक कम्पनीलाई टेबल, कुर्सी र खाजाको व्यवस्था गर्नेछ ।

बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने यस मेलामा स्थानीय युवाहरूलाई प्रत्यक्ष रोजगारीका अवसरहरू प्रदान गर्ने लक्ष्य राखिएको छ। कम्पनीहरूले आफ्नो स्टलमा आवश्यक व्यानर र सजावट गर्न सक्नेछन् । महानगरपालिकाका पदाधिकारीहरूले यो रोजगार मेलाले स्थानीय युवाहरूलाई रोजगारीका नयाँ सम्भावनाहरू खोल्न महत्वपूणर् भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

मेलाले स्थानीय श्रम बजारलाई गतिशील बनाउन र बेरोजगारीको समस्या कम गर्न सघाउ पुर्याउने अपेक्षा राखिएको महानगरको रहेको छ । महानगरपालिकाले पछिल्लो वर्ष पनि रोजगारी मेला आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्