इन्दु साह
विराटनगर । विराटनगरमा टोल सौन्दर्यकरणको नाममा हुने खर्चमा बेमतलव हुने गरेको छ । महानगरपालिकाबाट बजेट ल्याएर खर्च गर्न चासो दिने टोलका संस्थाले त्यसको संरक्षणमा समेत महानगरले नै बजेट दिनुपर्ने माग गरेका हुन् ।
विराटनगर–९ स्थित कलेजरोडमा गमलामा रोपिएका विरुवाको त्यसकै शिकार हुने देखिएको छ । बिरुवा रोपिएका गमला फुट्न थालेका छन् । हाम्रो समाज नामको संस्थाले रोपेका उक्त विरुवाको गमलाहरु फुटेर अलपत्र अवस्थामा छन् । ट«ाफिकचौक, कलेज रोड, भानु चौक गरी जम्मा ४० गमलाहरु राखिएका छन् । दुईवर्ष अगाडि उक्त गमला र त्यहाँका सडकपेटीमा जडान गरिएको लाईट र त्यहाँ राखिएका झण्डाहरुले निकै आकर्षक देखिएको थियो । त्यस समय उक्त सडकमा फोटो र भिडियो खिच्नेको लर्को समेत लाग्ने गरेको थियो ।
सोहि अनुरुप आकर्षक देखिएको सडकले निकै चर्चा समेत बटुलेको थियो । तर, अहिले कुरुप र बिजोक अवस्थामा छ । जुन संस्थाले ति गमला विरुवा राखेका थिए ति स्ंस्थाहरु अहिले महानगरको मुख ताकेर बसेका छन् । गमलामा रोपिएका विरुवा ठुला भएका छन् तर गमला फुटेको हुदा त्यहाँ अब पानी अडिदैन् । जसले गर्दा ति विरुवा समेत सुक्न लागेका छन् ।
दुईवर्ष अगाडि विराटनगर महानगरपालिकाले हाम्रो समाज नामक संस्थालाई १० लाख बजेट दिएको थियो । हाम्रो समाजका अध्यक्ष अनुज सापकोटाका अनुसार महानगरले दिएको १० लाख बजेटमा ८ लाखमा टोल सौन्दर्यकरण गरी महानगरलाई हस्तान्तरण गरिएको हो । यत्तिको लगानी लागेको विरुवा, गमला भने अहिले फुटेर अलपत्र अवस्थामा छ । महानगरपालिकाको अनुसार उक्त विरुवाको रेखदेख सोहि संस्थाले गर्नुपर्ने हो ।
तर हाम्रो समाजका अध्यक्षले भने महानगरपालिकाले उक्त कार्य व्यवस्थापनका लागि भने सानो रकममा बजेट दिनुपर्ने माग गरेका छन् । साथै उनले भने टोल सौन्दर्यकरणको कार्य सम्पन्न गरी महानगरलाई हरुतान्तरण गरेको भएर महानगर आफैले यसको व्यवस्थापन गर्नुपर्ने हो । टोल सुधार गर्ने नाममा बजेट माग गर्नेको संख्या बढेपछि महानगरपालिकाले सौन्दर्यकरण गर्न भन्दै बजेट राख्छ । त्यहाँ सडक बत्ति, झण्डा, गमला, फलैंचा समेत खरिद हुन्छ । तर, नागरिक आफ्नै चासोका साथ बनाएका यस्ता संरचना संरक्षणमा भने चासो दिदैंनन् । जसका कारण बजेट अनुत्पादक हुने गरेको छ । सुगम स्थानमा बजेट अनुत्पादक भईरहँदा आवश्यक परेको क्षेत्र भने विकासमा परिरहने समस्या छ ।