विराटनगर । कितावी ज्ञानलाई व्यावहारिक रुपमा प्रस्तुत गर्न र त्यसलाई अध्ययन तथा अवलोवकन गर्नको निम्ति शिक्षादिप कलेजले आफ्ना विद्यार्थीहरुलाई भारतको सिलगुडीमा रहेको साईन्स सेन्टर लगेको छ ।
विराटनगर ९ मा रहेको शिक्षादिप कलेजमा कम्प्युटर साईन्स अध्ययनरत कक्षा ११ का ३ सय बढी विद्यार्थीलाई उत्तर बङ्गालको साईन्स सेन्टरमा शनिबार ५ वटा बस रिर्जाव गरी विज्ञान सम्बन्धी अध्ययन तथा अवलोकन गराएको हो । विद्यार्थीहरुले कितावमा पढेका विषय बस्तुलाई प्राक्टीकल रुपमा हेर्न र अध्ययन गर्न सजिलो हुने भएकाले विद्यार्थीहरुलाई उक्त स्थानमा लगिएको शिक्षादिप कलेज विज्ञान संकायका कोअडिनेटर नविन कुमार रायले बताए ।
यता विद्यार्थी प्रतिक भट्टराईले शिक्षादिप कलेजले सिलगुडी सम्मको यात्रा तय गराउदै विज्ञानका कुराहरुलाई प्रत्यक्ष रुपमा अध्ययन गराउने एउटा सुनौलो अवसर प्राप्त भएको बताए । विद्यालयको पाठ्याक्रममा पढेको विभिन्न विषयलाई प्राक्टिकल रुपमा देखाएका कारण पनि आफुहरुलाई सजिलो भएको भट्टराईले बताए ।
साईन्स सेन्टरमा विद्यार्थीहरुले अन्तरिक्ष र खगोल विज्ञान, डिजिटल तारामंडल तथा अन्य विज्ञान विषयका आकर्षण ग्यालरी , विज्ञान पार्कहरुको अवलोकन गरेको शिक्षादिप कलेजका भौतिक शास्त्र र फिजिक्स शिक्षक दयानन्द सिंहले बताए ।
पाठ्यक्रममा भएका विषय वस्तुलाई विज्ञानसँग सम्बन्धीत रहेकाले यहाँ प्राक्टिकल रुपमा अध्ययन तथा अवलोकन गर्दा धेरै कुराहरुको ज्ञान प्राप्त भएको विद्यार्थीहरुको अनुभव छ ।
नेपालमा विज्ञान सम्बन्धीका ठुला ठुला ज्ञान केन्द्र संचालनमा ल्याउनुपर्ने हो । तर राज्यले अहिले सम्म ल्याउन नसकेको कारण आफुहरु वाध्य भएर पनि अरुको देशलाई लाखौ पैसा तिरेर आउनुपर्ने वाध्ययता रहेको शिक्षादिप कलेजका प्रिन्सीपल ज्ञान बहादुर खड्काले दुखेसो पोखे ।
पाठ्यक्रममा भएका कुरालाई राज्यले समय सापेक्ष अनुसारको साईन्स सेन्टरहरु हरेक प्रदेशमा संचालनमा ल्याउनुपर्ने प्रिन्सीपल खड्काले सुझाव दिए ।