विराटनगर । विराटनगरमा ५ मा रहेको तेजस्वी सहकारी संस्थाले नि:शुल्क एक दिने स्वास्थ्य शिविर आयोजना गरेको छ । विराटनगर महानगरपालिका र करुणा फाउन्डेसन नेपालको सहयोगमा शनिबार सहकारीको आफ्नै प्राङगणमा आयोजना गरिएको स्वास्थ्य शिविरमा २५० जनाले सेवा लिएका थिए ।
स्वास्थ्य परीक्षणमा ७५ जनाको पाठेघरको मुखको क्यान्सर परिक्षण गरिएको सहकारी संस्थाका अध्यक्ष रमेश आचार्यले जानकारी दिनुभयो । पाठेघरको मुखको क्यान्सर परिक्षण गरिएका मध्ये तीन जनाको भीआईए पोजेटिभ देखिएकाको थिए ।
शिविरमा बाल–बालिकादेखी वृद्धवृद्धा, स्थानिय तथा सहकारीका सदस्यले सेवा लिएका थिए । सेवा लिएका विरामीलाई आवश्यक औषधि वितरण, पीएफटी जाँच र फिजियो थेरापी सेवाका साथै भिडियो एक्सरे सेवाको लागि मोरङ सहकारी अस्पतालले प्राविधीक सेवा प्रदान गरेको थियो । स्वास्थ्य शिविरमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.बालकृष्ण साह, फिजिसियन डा.पुजा कोइराला, हाडजोर्नि तथा नशा रोग डा.मनोज फुयाँल, बाल रोग विशेषज्ञ डा.शेषकुमार यादवले स्वास्थ्य परीक्षण गरेको थिए । तेजस्वी सहकारीले यस अघि पनि विविध सामाजिक कार्यक्रम गर्दै आएको छ ।
पछिल्लो समय सहकारी प्रति हेरीने दृष्टीकोण आम मानिसको नराम्रो हुदै गएका कारण सहकारी प्रतिको विस्वास जित्नको लागि पनि सहकारीले सामाजिक कार्य गरेको सहकारीकी लेखा सदस्य मीना खनालले जानकारी दिनुभयो ।