आज अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस

<span class='c1'>आज अन्तराष्ट्रिय भ्रष्टाचार</span> <span class='c2'>विरुद्धको दिवस</span>

काठमाडौं । आज अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस । हरेक वर्षको डिसेम्बर ९ मा संसारभरि भ्रष्टाचार विरुद्धको आवाजलाई वुलन्द पार्न भ्रष्टाचार विरुद्धको दिवस मनाईने गरिन्छ । सन् २००३ मा संयूक्त राष्ट्रसंघको महासभाले आजको दिनलाई भ्रष्टाचार विरुद्धको दिवसका रुपमा मान्यता दिएको हो ।

हरेक वर्ष झै यसवर्ष Engage in Transparency अर्थात पारदर्शिताका क्रियाकलापहरुमा संलग्न हौं भन्ने मूल नारासहित विभिन्न कार्यक्रमको आयोजना गरी अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस मनाईँदै छ । सरकार र व्यापार अभ्यासहरूमा पारदर्शिता र जवाफदेहिताको लागि वकालत गर्नु भन्ने आव्हानका साथ बिश्वभरि सन् २०२४ को भ्रष्टाचार बिरुद्धको दिवसको शंखनाद गरिदैछ ।

आजको दिन संसारभरि भ्रष्टाचार प्रतिको चेतनामा वृद्धी गराउन र जागरण बढाउने कार्यमा केन्द्रित गरिन्छ । मान्छेहरुमा मानवता, नैतिकता अनि लालसाबिनाको साधारण जीवनशैलीको महत्व जगाउनसकेमा भ्रष्टाचारमा कमी ल्याउन सकिन्छ । अर्कोतर्फ भ्रष्टाचारीहरुलाई कारवाही गरेर उदहारण कायम गर्न सकेमा आगामी दिनमा भ्रष्टाचारलाई न्यून गर्दै समूल विकासको बाटो तर्फ अघि बढ्न सकिन्छ । नेपालमा कुनैपनि संस्था या राज्यका विभिन्न अङ्गमा रहि पदमा रहेका व्यक्तिहरुले आफ्नो अधिकारको दूरुपयोग गरेमा कारबाही गर्न संवैधानिक निकायका रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गठन गरिएको छ ।

नेपालको संविधान २०७२ को भाग २१ अन्तर्गत धारा २३८ मा आयोगको गठन सम्वन्धी व्यवस्था गरिएको छ भने धारा २३९ मा आयोगको काम, कर्तव्य र अधिकारबारे व्यवस्था गरिएको छ । संविधानमा भएको व्यवस्था बमोजिम कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दूरुपयोग गरेको उजुरी आएमा वा अनुसन्धानको क्रममा भेटिएमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले कानून बमोजिम अनुसन्धान गर्न वा गराउन सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्