नोबेल अस्पतालद्वारा विराटनगर-४ का बासिन्दालाई उपचारमा विशेष छुट

<span class='c1'>नोबेल अस्पतालद्वारा विराटनगर-४ का</span> <span class='c2'>बासिन्दालाई उपचारमा विशेष छुट</span>

विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पतालले विराटनगर महानगरपालिका वडा नं. ४ का बासिन्दाहरूलाई उपचारमा विशेष छुट प्रदान गर्ने भएको छ।

वडा अध्यक्ष जितन थापा र अस्पतालका निर्देशक प्रा. डा. राजेश नेपालबीच आइतबार सम्पन्न सम्झौतामा हस्ताक्षर भएसँगै यो योजना कार्यान्वयनमा आएको हो।

नोबेल शिक्षण अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय बासिन्दाहरुलाई उपचारमा विशेष छुट दिन लागिएको सम्झौता पत्रमा हस्ताक्षर गर्ने क्रममा आयोजित कार्यक्रममा नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका अस्पताल निर्देशक डा. नेपालले बताए । उनका अनुसार वडा कार्यालयको सिफारिसमा विपन्न बिरामीहरुलाई छुट दिने गर्ने गरिएको थियो। तर अब स्थानीय बासिन्दाहरुलाई औपचारिक रुपमा नै घोषणा गरी यो सहुलियतलाई थप सरल बनाइएको छ ।

कार्यक्रममा वडा अध्यक्ष थापाले सबै प्रकारको उपचार सेवा प्राप्त हुने र उपचारको लागि अन्यत्र गई रहन नपर्ने आफ्नै घर आगनमा रहेको शिक्षण अस्पतालले थप सहुलियत पनि प्रदान गर्ने भएकोले स्थानीय बासिन्दाहरुलाई आर्थिक रुपमा समेत राहत पुग्ने विश्वास व्यक्त गरे ।

सम्झौता २०८१ मंसिर २३ गतेबाट लागु भई २०८२ असार मसान्त सम्म कायम रहने र सो अवधी भरमा अस्पताल सेवामा वडा नं. ४ का विरामीहरुलाई २५ प्रतिशत, अपरेसन शुल्क र औषधीमा १० प्रतिशत उपलब्ध हुने छ । सामाजिक सुरक्षा कोष अन्तर्गत रहेका बिरामीहरुलाई भने नियमानुसार भुक्तानी गर्नु पर्ने २० प्रतिशत सहभुक्तानी छुट हुने छ । कार्यक्रमको प्रभावकारिता हेरी आपसी सहमतिमा सम्झौता नविकरण गरिने सम्झौतामा उल्लेख गरिएको छ । यो सुविधा लिनको लागि बिरामीले आफ्नो परिचय खुल्ने कागजात पेश गर्नु पर्ने छ ।

संघीय सांसद डा. सुनिल कुमार शर्मा नेतृत्वको नोबेल शिक्षण अस्पतालले पूर्वी नेपालदेखि पश्चिम नेपालका विभिन्न स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने, अति विपन्न विरामीहरुलाई निःशुल्क उपचार गराउने, विभिन्न क्षेत्रमा बिरामीहरुलाई सहुलियतमा उपचार सेवा पुर्याउने लगायतका कार्यहरु गर्दै आएको छ । डा. शर्माकै पहलमा सयौं विपन्न विद्यार्थीहरूले चिकित्सा, दन्त चिकित्सा, नर्सिङ्ग र प्यारामेडिकल विषयमा अध्ययन गरी हाल विभिन्न स्थानमा कार्यरत छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्