अहिलेका चर्चित युवा गायक ‘कुम सागरको’ विराटनगरमा पहिलोपटक साँगितिक साँझ हुदै

<span class='c1'>अहिलेका चर्चित युवा गायक ‘कुम सागरको’</span> <span class='c2'>विराटनगरमा पहिलोपटक साँगितिक साँझ हुदै</span>

प्रेम देवान
विराटनगर । अहिलेका युवामा निकै नै चर्चामा रहेका कुम सागरको विराटनगरमा पहिलोपटक साँगितिक कार्यक्रम हुने भएको छ । अग्रेजी महिनाको नयाँ बर्ष ‘२०२५’ लाई विशेष लक्षित गरी पुष २० गते शनिबार हाटखोला स्थित खेल मैदानमा ‘न्यु ईयर ईभ’ साँगितिक कार्यक्रम गर्ने भएको हो ।
विराटनगरमा विगत लामो समयदेखी विभिन्न साँगितिक कार्यक्रमको गर्दै आएको मन्जिना मुभिज क्रियशन र भाइरल ईभेन्ट तथा विराटनगरका युवा पुस्ता मिलेर कुम सागरको साँगितिक कार्यक्रम गर्ने भएको हो ।कुम सागरको लोक भाकाका गित तथा भजनहरुसँगै अहिलेको चर्चामा रहेको ‘हावाको लहर सँगै , ओ चम्पा , ‘जाने भए जाउ’ भन्ने बोलको गितहरु नै चर्चित छन् । त्यो सँगै उनको व्याण्डले अर्नानिक लोक व्याण्ड बाजामा साँगितिक प्रस्तुति गर्दै आएको छ । कार्यक्रममा ‘द न्यु लाईन अप विराटनगर व्याण्ड , शब्द जालको प्रस्तुति समेत हुने मन्जिना मुभिजका निर्देशक जतिन ताम्राकारले जानकारी दिए ।

अग्रेजी महिनाको नयाँ बर्ष ‘२०२५’ मा अहिलेका निकै नै चर्चामा रहेका कुम सागरलाई बोलाएर विराटनगरवासीलाई साँगितिक माहोल बनाउनको लागि पहिलो पटक उनको साँगितिक कार्यक्रम गर्न लागिएको छ ताम्राकारले बताए ।
पछिल्लो समय नेपाली संगीत क्षेत्रमा कुम सागर आफ्नो अलग गायन शैली र व्यक्तित्वका साथ छाइरहेका छन् । कुुमका गीतहरू सामाजिक सञ्जालमा लोकप्रिय छन् । फरक पहिचान बोकेर हिँडिरहेका कुम मौलिक नेवारी वाद्यवादन र आधुनिक संगीतको गज्ज्बको फ्युजन गर्दै संगीत दुनियाँमा फरक स्वाद पस्किने गरेका छन् । नेवार संस्कृतिको थलो ख्वप (भक्तपुर) मा जन्मेर हुर्केका कुुमको मौलिक नेवारी लवजका कारण पनि उनको भिन्न स्वरले सबैलाई आर्कषित पारेको छ । उनको विराटनगरमा पहिलोपटक साँगितिक कार्यक्रम हुन लागेका कारण पनि दर्शकहरु बाक्लो साहभागिता हुने आयोजकले अपेक्षा राखेको छ ।


कार्यक्रमको लागि टिकटहरु खुल्ला भईसकेको आयोजकले जनाएको छ । भिआइपी टिकट १ हजार साथ स्न्याक, जनरल २ सय र डोर सेल ३ सय रुपैया रहेको छ । हाल टिकट बुकिङ्गको लागि विराटनगरको रेड मड क्याफे, किरण क्लासिक संनसारी माई स्थान, द स्मोक हाउस , सिंगासन , न्यु म्यु चस्मा पसल मेन रोड , धरानको सर्कल क्याफे एण्ड बार र विराटनगरका विभिन्न स्थानहरुमा टिकट उपलब्ध रहने आयोजकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्