सरकार मानव अधिकार पक्षमा छ, आयोगको भवन निर्माण चाँडै : मन्त्री पौडेल

<span class='c1'>सरकार मानव अधिकार पक्षमा छ, आयोगको</span> <span class='c2'>भवन निर्माण चाँडै : मन्त्री पौडेल</span>

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मानव अधिकारको सम्मान, संरक्षण र परिपूर्तिका लागि सरकारद्वारा विभिन्न सकारात्मक पहलहरु भइरहेको बताएका छन् ।

मंगरबार ७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा कार्यक्रममा उनले नेपाल सरकारले दिगो विकासको परिकल्पना अनुसार सम्मान, न्यायपूणर् र सुरक्षित विश्व निर्माण गर्ने विषयलाई प्राथमिकताका साथ नीति तथा कार्यक्रमहरु मार्फत सम्बोधन गरेको भन्दै त्यसलाई तीन तहको सरकारको समन्वय र सहकार्यमा पूरा गर्ने प्रयास गरिरहेको बताए ।

उनले भने, ‘मानव अधिकारको सम्मान, संरक्षण र परिपूर्तीका लागि सरकारद्वारा विभिन्न सकारात्मक पहलहरु भइरहेका छन् । सरकारले दिगो विकासको लक्ष्य २०१५, २०३० ले परिकल्पना गरेको कोही पनि पछाडि नपरोस भन्ने मूल मर्मका साथ जनता, पृथ्वी, शान्ति र साझेदारी समृद्धिको लागि समान न्यायपूणर् एवम सुरक्षित विश्व निर्माण गर्ने विषयलाई प्राथमिकताका साथ नीति तथा कार्यक्रमहरु मार्फत सम्बोधन गरि तीन तहको सरकारको समन्वय र सहकार्यमा पूरा गर्ने प्रयास गरिरहेको छ ।’

यस्तै, उनले आयोगको भौतिक तथा आर्थिक सुधारका लागि आवश्यक पर्ने बजेटको व्यवस्थालाई समयानुकुल परिमार्जन गर्दै लाने पनि बताए ।
उनले भने, ‘राष्ट्रिय मानव अधिकार आयोगका सिफारिसहरु कार्यान्वयन गर्ने कुरा सरकारले गम्भिरताका साथ लिएको छ । आयोगको भवन निर्माण कार्य ढिलाई भएको छ । आगामी वर्ष यसलाई प्राथमिकतामा राखेर अगाडि बढाउने विश्वास दिलाउन चाहन्छु । आयोगको भौतिक तथा आर्थिक सुधारका लागि आवश्यक पर्ने बजेटको व्यवस्थालाई समयानुकुल परिमार्जन गर्दै लगिने छ ।’ उनले स्वतन्त्रता, समानता र मर्यादित् जीवनको लागि मानविय जीवनका आयामहरुको बृहत र सुक्ष्म अध्ययन आवश्यक भएको भन्दै त्यसको लागि मानव अधिकार आयोगमैत्री विकासको मान्यतालाई कार्यान्वयन गर्नुपर्ने बताए ।

उनले आयोगको सशक्तिकरणका लागि यसको भूमिका प्रभावकारी बनाउनका लागि नेपाल सरकार सधैँ साथमा छ र साथ रहिरहने छ भन्ने विश्वास पनि दिलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्