सरकारविरुद्ध सडक र सदनबाट संघर्ष गर्ने प्रचण्डको चेतावनी

<span class='c1'>सरकारविरुद्ध सडक र सदनबाट</span> <span class='c2'>संघर्ष गर्ने प्रचण्डको चेतावनी</span>

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले आफ्ना गलत गतिविधि सच्याएन भने सदन र सडकबाट सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

चितवनको भरतपुरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको विपक्षमा अघि बढिरहेको उल्लेख गर्दै उनले यसलाई नरोके संसदको विशेष अधिवेशन बोलाउने र लाखौं जनता सडकमा ल्याएर सदन र सडकबाट आन्दोलन अघि बढाउने बताए । राम्रो बन्दै गरेको विद्युत प्राधिकरण, मेरिटोक्रेसीमार्फत सुधारको बाटोमा अघि बढेको त्रिभुवन विश्वविद्यालय आदिमा प्रहार गरेर सरकारले अराजकता निम्त्याउन खोजेको उल्लेख गर्दै उनले यस्ता हर्कत स्वीकार्य नहुने बताए ।
आफूले प्रधानमन्त्री हुँदा रुग्न उद्योगहरु सन्चालनको तयारी गरेको उल्लेख गर्दै उनले अहिलेको सरकारले सार्वजनिक उद्योग बिक्री गर्न खोजेको र यो पनि जनताका लागि स्वीकार्य नहुने बताए ।

अध्यक्ष प्रचण्डले देशभरका हजारौं सहकारीको पैसा अपचलन गर्नेमा कांग्रेस एमालेकै नेताहरुको बाहुल्यता भए पनि उनीहरुलाई बचाउन केन्द्रित रहेको बताए।
उनले भने, ‘तपाई हामी सबैलाई चासो हुनेलाई थाहा छ अहिले सरकारको नेतृत्व गर्ने दलका नेताहरु नै ठूला सहकारी ठग छन् । तिनै नाटकबाजहरुकलाई बचाउन सरकार केन्द्रित छ । उनीहरुलाई बचाउनकै लागि रवि लामिछानेलाई सहकारीको सबै पैसा खाएको हो जसरी प्रस्तुत गरिएको छ ।’
आफूले गणतन्त्र नेपालको पहिलो सरकारको नेतृत्व गर्दा मध्यपहाडी लोकमार्गलगायतका केही पूर्वाधार विकासको क्षेत्रमा महत्वपूर्ण थालनी र गरिब किसानको पक्षमा ३० हजार भन्दा कम ऋण लिएकाहरुको मोचन गरेको बताए ।

उनले आफूले सरकारको नेतृत्व गर्दा दुई छिमेकीलाई सन्तुलनमा राखेर अघि बढेको स्मरण गर्दै भारत भ्रमणमा बेला गरिएका सिमा समस्या समाधान, विद्युत व्यापार सम्झौता, कृषि मलको सहज आपूर्ति तथा चीन भ्रमणका गरिएको नाका खोल्ने सहमति, दोस्रो कार्यकालमा गरिएको विआरआईमा सैद्धान्तिक सम्झौता महत्त्वपूर्ण रहेको बताए । यसपटक चीन भ्रमणको बेला अहिलेका प्रधानमन्त्रीले पुरानै गरेका सहमतिलाई आफ्नो भनेर प्रचार गरेको बताए । उनले विश्वव्यापी तनावबाट नेपाल चनाखो बन्नुपर्ने उल्लेख गर्दै नेपालको राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ताको रक्षाका लागि राष्ट्रिय एकता कायम गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्