खाद्यान्न वितरण गर्दै विराटनगर जुनियर जेसीजको २९औं वार्षिक समारोह

<span class='c1'>खाद्यान्न वितरण गर्दै विराटनगर जुनियर</span> <span class='c2'>जेसीजको २९औं वार्षिक समारोह</span>

विराटनगर । विराटनगर जुनियर जेसीजको २९औं वार्षिक समारोह अन्तर्गत चौथो कार्यक्रमको रुपमा मानव सेवा आश्रममा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको छ। जुनियर जेसीज सभापति गौरव कर्णको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा मानव सेवा आश्रमका जिल्ला संयोजक पार्वती तिवारी विशिष्ट अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा तोकिएका उपाध्यक्ष जुनियर जेसी मदन नेपालको विशेष उपस्थिति रहेको थियो। कार्यक्रम संयोजक जुनियर जेसी सिम्रिका तिमल्सिनाको नेतृत्वमा सह-संयोजकहरु जुनियर जेसी सन्तोष यादव र जुनियर जेसी कृतिका कुइँकेलको सक्रिय सहभागिता रहेको थियो। यसैगरी कार्यक्रमकी मुख्य संयोजक जुनियर जेसी आयुषा खतिवडा लगायत ३० जना सदस्यहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा विभिन्न खाद्य सामग्रीहरु वितरण गरी मानवीय सेवामा जुनियर जेसीजको योगदानलाई निरन्तरता दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्