सरकारमा गएका मन्त्रीहरुको पद सुरक्षित छैन : मन्त्री यादव

<span class='c1'>सरकारमा गएका मन्त्रीहरुको पद सुरक्षित</span> <span class='c2'>छैन : मन्त्री यादव</span>

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रीहरुको पद सुरक्षित नरहेको बताएका छन् ।

बिहीबार खानेपानी, सरसफाई तथा स्वच्छता पैरवी राष्ट्रिय शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले स्थानिय तहका मेयरहरुको पद पाँच वर्षसम्मका लागि सुरक्षित भए पनि सरकारमा गएका मन्त्रीहरुको पद सुरक्षित नभएको बताएका हुन् ।

उनले भने, ‘नयाँ कुरा केही छैन । राजनीतिकर्मीहरु बुझिहाल्नु हुन्छ । मेयर सापहरुको पद त पाँच वर्षसम्म कसैले हल्लाउन सक्दैन । तर दुई तिहाइको सरकार भएर पनि मन्त्रीहरुको पदको सुरक्षा छैन । पद सुरक्षित छैन । राजनीतिक कुरा हो यस्तो भैइहाल्छ ।’साथै, उनले राजनीति व्यक्तिहरुले बोलिबचनमा प्रतिबद्घ हुनुपर्ने बताए । उनले आफू जति दिन पदमा बसिन्छ त्यो समयमा इमानदारी पूर्वक काम गर्ने बताए । उनले युवामाथि नागरिकको विश्वास रहेको बताए । साथै राजनीतिक व्यक्तिहरुले जनताको कुरा कार्यान्वयन गर्नकै लागि अगाडि बढ्नुपर्ने बताए ।

उनले भने, ‘राजनीतिमा आएका युवाहरुमाथि जनताको विश्वास छ । त्यसैले हामी राजनीति व्यक्तिहरुले बोलिबचनमा प्रतिबद्घ हुनुपर्छ । हामीले जनताको सपना बोकेर राजनीतिमा आउनुपर्छ, र आएका पनि छौं । जनताको कुरा कार्यान्वयन गराउनका निम्ती हामीले अगाडि बढ्नुपर्छ ।’

यसैगरी उनले सरसफाई तथा स्वच्छता पैरवी राष्ट्रिय शिखर सम्मेलन गर्न प्लान गर्नुपर्ने बताए । उनले हरेक दिन, हप्ता र महिनामा प्लान गरेर शिखर सम्मेलन गर्न सके मात्र सफल हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्